कारोबार


नाडालाई महासंघ बनाउने चुनाव यही २५ गते

नाडालाई महासंघ बनाउने चुनाव यही २५ गते

नेपालखबर
पुस ९, २०८२ बुधबार १८:२४, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले ४९औँ वार्षिक साधारणसभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। 

संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो।

संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५४८ सदस्यहरूमध्ये १ हजार ४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ। 

साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको थियो ।

यो संस्थाको विशुद्ध आन्तरिक प्रक्रिया भएकाले बन्द सत्रमा मिडिया प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको व्यहोरा समेत स्पष्ट पारिन्छ।

साधारण सभाले संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ। त्यस्तै, आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ।

नाडाका अनुसार अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ।

कार्यसमिति चयन २५ गते
साथै यसै क्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ पुस २५ गते निर्वाचन गर्ने निर्णय भएको नाडाले जनाएको छ।

साथै महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकताउपर छलफल भई प्रचलित कानुनबमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad