कारोबार


डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’

नेपालखबर
पुस १०, २०८२ बिहिबार १२:४३, काठमाडौँ

डेल्टा अटोकर्प प्रालिअन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्रान्ड भेस्पा र एप्रिलियाले जाडो मौसम लक्षित विशेष योजना ल्याएको छ।

दुवै ब्रान्डले ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना सार्वजनिक गरेका हुन्। 

अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटरको खरिदमा ग्राहकले ७ हजार ५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन्। 

मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ। यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ।

यस स्किममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कूटरमा १०,००० रुपैयाँ सम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४० हजार रुपैयाँको ग्यारेन्टीड मूल्यांकन प्रदान गरिनेछ ।

स्कूटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले केवल ४.९९ प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्स् सुविधा र ० प्रतिशत सर्भिस चार्जको सुविधा प्रदान गर्दैछ । थप, अफर अवधिभर हरेक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिनेछ ।

‘जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले ’चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ। प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो। गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ’, डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतो बताउँछन्।

‘चिसो विन्टर, तातो अफर’ यही पुस ९ गतेदेखि २०८२ फागुन ८ (२०२५ डिसेम्बर २४ देखि २०२६ फेब्रुअरी २०) गते सम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad