कारोबार


ग्लोबल आईएमई बैंकले साना तथा लघु उद्यममा कर्जा विस्तारका लागि डीएआई–उदय परियोजनासँग सहकार्य गर्ने

ग्लोबल आईएमई बैंकले साना तथा लघु उद्यममा कर्जा विस्तारका लागि डीएआई–उदय परियोजनासँग सहकार्य गर्ने

नेपालखबर
पुस १०, २०८२ बिहिबार १२:४८, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरेका हुन्।

समझदारीपश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरुलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरुको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ।

यस सम्झौता अनुशार, डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरुले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन्।

नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षिय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ । 

डीएआई– उदय परियोजनाले कोशी प्रदेशमा नबिकरणिय उर्जा, कृषी प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमुलक उद्योगलगायतका व्यवसायहरुलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतीको लागि वित्तीय श्रोतमा सहज वातावरण बनाइरहेको छ। 

ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ।

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad