कारोबार


दुई सय बढी देशमा छाएको हुन्डाई मोटरको ५७ वर्ष पूरा, नेपालमा पनि एसेम्ब्ली प्लान्ट

दुई सय बढी देशमा छाएको हुन्डाई मोटरको ५७ वर्ष पूरा, नेपालमा पनि एसेम्ब्ली प्लान्ट

नेपालखबर
पुस १५, २०८२ मंगलबार १३:५२, काठमाडौँ

हुुन्डाई मोटर कम्पनीले आज नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ।

सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै हुुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको छ। 

हुुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ। यो महत्त्वपूर्ण उपलब्धि मनाउँदै गर्दा कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्‍याएको छ। 

हुुन्डाई मोटर कम्पनी सन् १९६७ मा स्थापना भएको थियो। यो कम्पनी २०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको एक विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो। यसले विभिन्न प्रकारका सवारीसाधन तथा मोबिलिटी समाधानहरू प्रदान गर्दछ। 

नेपालमा हुुन्डाईको आधिकारिक वितरकको रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि कार्यरत छ। वितरक भएदेखि नै कम्पनीले देशभर हुुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बलियो आफ्टर–सेल्स नेटवर्क र दक्ष तथा प्रशिक्षित पेसेवर टोलीको सहयोगमा कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ। 

४५ हजार ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै हुुन्डार्ई नेपालले ‘हुुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ। 

‘यसको उद्देश्य ग्राहकहरूको जीवनको अभिन्न हिस्सा बन्नु हो। विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँगको सहकार्यमार्फत यस कार्यक्रमले हुुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ’, कम्पनीले भनेको छ।  

नेपालप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै हुुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ। यो कदमले स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। 

हुुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहकहरूको अनुभवलाई अझ समृद्ध बनाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad