टाटा मोटर्सले विद्युतीय गाडी प्रवर्द्धन गर्न नेपालभर चार्जिङ स्टेसन विस्तारलाई तीव्रता दिएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले देशभर १८५ भन्दा बढी स्थानमा चार्जिङ सेन्टर जडान भइसकेको जनाएको छ। जसमा ३७ वटा फास्ट चार्जिङ स्टेसन (डीसी) र बाँकी एसी चार्जिङ स्टेसन रहेको छ।
कम्पनीका अनुसार १६ स्थानमा ईभीलक्षित सर्भिस सेन्टर र २१ भन्दा बढी सेल्स नेटवर्क विस्तार भइसकेको कम्पनीले जानकारी दिएको छ।
ब्याट्रीमा देखिने समस्या समाधानका लागि कम्पनीले बागडोमा ब्याट्री डायगोस्टिक रिस्टोरेसन सेन्टर सञ्चलनमा ल्याएको छ।
टाटाको एक्सचेन्ज क्याम्पमा ईभी बुक गर्ने ग्राहकले जीवनभर सिप्रदीको नेटवर्कमा निःशुल्क चार्जिङ सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ।
कम्पनीको फास्ट चार्जिङ पूर्वाधार कर्णाली प्रदेशबाहेक अन्य ६ प्रदेशमा उपलब्ध छ। कर्णालीमा पनि छिट्टै डीसी (फास्ट) चार्जिङ नेटवर्क स्थापना गर्ने योजनामा कम्पनी छ।
नेपालमा टाटाका हालसम्म ९ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री भइसकेको छ।
कम्पनीले नेक्सन ईभी, टिगोर ईभी, टियागो, पन्च ईभी, कर्भ ईभीलगायत विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ।
कहाँ कहाँ छन् टाटाका डीसी चार्जिङ स्टेसन?

Shares

प्रतिक्रिया