कारोबार


चितवन र हेटौँडापछि वीरगन्जमा सार्वजनिक भए महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’हरू

चितवन र हेटौँडापछि वीरगन्जमा सार्वजनिक भए महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’हरू

नेपालखबर
माघ १५, २०८२ बिहिबार १५:५, काठमाडौँ

नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले वीरगन्ज तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू – बिई-६ र एक्सइभी ९-ई  सार्वजनिक गरेको छ।

वीरगन्जमा भव्य सार्वजनिकीकरण समारोहसहित यी नयाँ विद्युतीय एसयूभीहरू सार्वजनिक गरिएका हुन्। 

समारोहमा विशेष अतिथिका रूपमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्गलादेशको लागि कन्ट्रि हेड, चैतन्य कागलकार, ग्राहकवर्ग तथा कम्पनिका प्रतिनिधिहरूको उपस्थिति थियो।

यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मायाबाट सञ्चालित छन्। यी अत्याधुनिक इ-एसयुभिहरूको सार्वजनिकिकरणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको छ ।

महिन्द्रा बीई६ र एक्सईभी ९ई लाई सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटि एक्सपोमार्फत पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको थियो। त्यसयता यी गाडीहरूले नेपाली उपभोक्ताहरूको मन जित्दै आएका छन् र एक्स्पोमा सिर्जना भएको उत्साहलाई थप बल दिएका छन्। 

निरन्तर अघि बढ्दै गइरहेको नेपाली बजारले पर्फमेन्स, इन्टिलिजेन्ट, डिजाइन र दिगोपनालाई एकै साथ समेटेका यी बर्न इलेक्ट्रिक भिहेकल्सलाई सकारात्मक रूपमा लिएको छ । त्यसैगरी हालसालै, महिन्द्रा एक्सईभी ९ईले इन्डियन कार अफ द इयरअन्तर्गत ग्रिन कार अफ द इयर अवार्ड प्राप्त गरेको छ जुन यसको अत्याधुनिक विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट प्रदर्शनको प्रमाण भएको कम्पनीको दाबी छ।

हेटौँडा, चितवन र वीरगन्जपछि छिटै भैरहवा, इटहरी लगायतका सहरहरूमा पनि सार्वजनिक गरिने योजना रहेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad