कारोबार


एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु

दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय इभीमा झुम्मिए ग्राहक
एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १२:१७, काठमाडौँ

एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल औपचारिक रूपमा सुरु भएको छ।

ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ। कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त ईभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ। 

बिहीबारदेखि शनिबारसम्म काठमाडौंको सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौंबाहिर दिपल र नामीका आआफ्ना सोरुमा चल्ने मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम बजार मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोन, निःशुल्क बिमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्टेन्डेड वारेन्टी जस्ता लाभ प्राप्त गर्न सक्नेछन्।

कार्निभलको पहिलो दिनमै उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको कम्पनीले दाबी गरेको छ। यसले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचीलाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ। 

नेपाल दिगो यातायाततर्फ तीव्र रुपमा अघि बढिरहेको बेला एमएडब्लु वृद्धि नवीन र ग्राहककेन्द्रित पहलमार्फत विद्युतीय सवारी स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेन्ज सुविधाहरुका कारण यो कार्निभलमा ग्राहकहरु आकर्षित भइरहेका हुन्।

उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कानिर्भलमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरु समेत राखिएका छन् जसले सबै उमेर समूहका आगन्तुलाई रमाइलो र अन्तरक्रियात्म अनुभव प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad