कारोबार


सरकारले सीमामा कडाइ गरेसँगै नक्कली पार्ट्सविरुद्ध सिप्रदीको सचेतना अभियान

वर्कशपमै पुगेर सिकाइँदै 'सक्कली चिन्ने तरिका'
सरकारले सीमामा कडाइ गरेसँगै नक्कली पार्ट्सविरुद्ध सिप्रदीको सचेतना अभियान

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १६:४६, काठमाडौँ

सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ।

बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले ‘सक्कली टाटा जेन्युन पार्ट्स प्रयोग गरौँ’ भन्दै देशव्यापी सचेतना अभियान सुरु गरेको छ।

गाडीमा कमसल र नक्कली पार्ट्सको प्रयोगले गाडीको आयु घट्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने समस्यालाई मध्यनजर गर्दै कम्पनीले मेकानिक्स, चालक र गाडी धनी लक्षित यो अभियान सञ्चालनमा ल्याएको हो।

अभियानअन्तर्गत सिप्रदी अटोपार्ट्सका प्रतिनिधिहरू देशका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरहरू विशेषगरी धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जका विभिन्न ग्यारेज, वर्कशप, हाइवेका मर्मत केन्द्र र यातायात पार्किङ स्थलहरूमा प्रत्यक्ष रूपमा पुगिरहेका छन्। "सक्कली यसरी चिन्नुहोस्" भन्ने ब्यानर र नमुना पार्ट्सहरू राखिएको सानो पिकअप भ्यानसहित कम्पनीको टोलीले ग्राहक र प्राविधिकहरूलाई भेला गराएरै सक्कली पार्ट्सको महत्त्व बुझाइरहेको छ।

कसरी चिन्ने सक्कली टाटा जेन्युन पार्ट्स?
बजारमा उस्तै देखिने प्याकेजिङमा नक्कली सामान आउन सक्ने भएकाले सिप्रदीले उपभोक्तालाई मुख्य तीन कुरामा ध्यान दिन आग्रह गरेको छ:

१. प्याकेजिङ र विशेष कोड: टाटा जेन्युन पार्ट्स र टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स (मोबिल आदि) को प्याकेटमा विशेष नम्बर कोड (जस्तै: २०८१२९५) उल्लेख गरिएको हुन्छ, जुन नक्कलीमा हुँदैन। 

२. कन्ट्री कोड: सक्कली सामानको प्याकेटमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक जनाउने 'कन्ट्री कोड' राखिएको हुन्छ। 

३. आधिकारिक होलोग्राम: पार्ट्स वा फ्लुइड्सको बट्टामा 'सिप्रदी अटोपार्ट्स' को आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ। यो हेरेर मात्र खरिद गर्नुपर्छ।

नक्कली पार्ट्स प्रयोग गर्दा तत्कालका लागि केही रकम सस्तो पर्न गए पनि दीर्घकालमा इन्जिनलगायत गाडीका महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुग्ने प्राविधिकहरू बताउँछन्।

‘सक्कली पार्ट्सले गाडीको कार्यक्षमता बढाउनुका साथै यात्रुको सुरक्षा सुनिश्चित गर्छ’, कम्पनी स्रोतले भन्यो।

सरकारले सीमामा गरेको कडाइले नक्कली पार्ट्सको व्यापार निरुत्साहित भइरहेको वर्तमान अवस्थामा मुख्य सहरहरू (धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्ज) बाट सुरु भएको यो अभियानले उपभोक्तालाई ठगिनबाट बचाउने र अटो क्षेत्रमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

सिप्रदी अटोपार्ट्सले आफ्ना सम्पूर्ण ग्राहकलाई आधिकारिक डिलर वा सिप्रदीका नेटवर्कहरूबाट मात्र टाटाका जेन्युन पार्ट्स खरिद गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad