कारोबार


सतप्रतिशत वैदेशिक लगानीमा नेपाल आउँदै उबर

सतप्रतिशत वैदेशिक लगानीमा नेपाल आउँदै उबर

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १९:२८, काठमाडौँ

अमेरिकी राइड–हेलिङ कम्पनी उबर सतप्रतिशत वैदेशिक लगानी सहित नेपाल आउने भएको छ।

उबर नेपाल आउनका लागि २०७४ साउन १ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा कार्यालय रहने गरी ‘उबर नेपाल’ दर्ता भएको थियो। 

नेपालमा दर्ता भएको करिब ९ वर्षपछि उबरले नेपालमा सेवा सञ्चालन गर्न लागेको हो। उबर नेपालमा दर्ता हुँदा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ जारी भएको थिएन।

उक्त ऐन जारी हुनु अघि सतप्रतिशत वैदेशिक लगानीमा नेपालमा कम्पनी सञ्चालन गर्न पाइने कानुनी व्यवस्था थिएन। यो ऐनले केही तोकिएका क्षेत्र छोडेर सतप्रतिशत विदेशी लगानीमा नेपालमा कम्पनी खोल्न पाउने प्रावधान छ। 

उबरले निजी कारलाई समेत व्यावसायिक राइड–हेलिङ सेवा प्रदान गर्ने गर्छ। तर नेपालमा भने निजी सवारी साधन (रातो प्लेट)ले भाडामा यात्रु बोक्न पाउने कानुनी व्यवस्था छैन।

हाल संघीय सरकारले राइड–हेलिङ सेवाको नियमन सम्बन्धी मापदण्ड जारी गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad