कारोबार


सीएफमोटोले घोषणा गर्‍यो नयाँ वर्ष २०८३का लक्की ड्र अफर विजेता

सीएफमोटोले घोषणा गर्‍यो नयाँ वर्ष २०८३का लक्की ड्र अफर विजेता

नेपालखबर
जेठ १८, २०८३ सोमबार १७:४७, काठमाडौँ

सीएफमोटो नेपालले नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन गरेको लक्की ड्र क्यासब्याक अफरअन्तर्गत विजेता ग्राहकको आधिकारिक घोषणा गरेको छ।

यो योजनाअन्तर्गत गत चैत २० देखि गत वैशाख ३१ सम्म सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकहरू सहभागी भएका थिए।

लक्की ड्र कार्यक्रम कम्पनीको नक्साल, नारायणचौरस्थित शोरुममा सम्पन्न गरिएको थियो, जहाँ विभिन्न सञ्चारकर्मी, ग्राहक तथा कम्पनी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम पारदर्शी र उत्साहजनक वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

यस अफरअन्तर्गत बालाजु निवासी भूपेन्द्र राई नगद १ लाख रुपैयाँ क्यासब्याक जित्ने भाग्यशाली ग्राहक घोषित भएका छन्।

मिडियासँग कुराकानी गर्दै राईले कम्पनीबाट आफू विजेता भएको खबर सुन्दा अत्यन्तै आश्चर्यचकित तथा खुसी भएको बताए। उनले आफू सीएफमोटो २५० डुअल ईएफआईको परफर्मेन्सबाट पहिलेदेखि नै पूर्ण सन्तुष्ट रहेको र अब यस्तो आकर्षक अफर जित्न पाउँदा झन् धेरै खुसी भएको प्रतिक्रिया दिए।

कुराकानीका क्रममा उनले सीएफमोटो केवल एउटा चिनियाँ ब्रान्ड मात्र नभई विश्व बजारमा आफ्नो गुणस्तर प्रमाणित गरिसकेको अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड भएको बताए। विशेषगरी ४५० एमटी तथा २५० डुअल ईएफआईजस्ता नयाँ मोडलहरूले विश्व बजारमा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले सीएफमोटो २५० डुअल ईएफआई रोज्नु आफ्नो जीवनकै उत्कृष्ट निर्णयमध्ये एक भएको बताए।

उनले बाइकको परफर्मेन्स, कम्फर्ट, विश्वसनीयता तथा कम्पनीको ग्राहकप्रतिको प्रतिबद्धताप्रति पूर्ण सन्तुष्टि व्यक्त गरे।

सीएफमोटो नेपालले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय गुणस्तर तथा ग्राहक केन्द्रित सेवामार्फत नेपाली बजारमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लगिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad