कारोबार


तिहारमा पनि सन्तोषजनक छैन मादलको व्यापार, निराश छन् व्यवसायी

तिहारमा पनि सन्तोषजनक छैन मादलको व्यापार, निराश छन् व्यवसायी

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १०:५, संखुवासभा

संखुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरीद बिक्री शुरु भएको छ। गीत सङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ।

चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री गर्न थालिएको छ।

तिहारमा देउँसी, भैँलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री शुरु भए पनि व्यापार भने घट्दो छ। एउटा मादलको मूल्य २ हजारदेखि १२ हजारसम्म पर्ने गरेको छ। सानो र ठूलो मादलको मूल्य फरक फरक पर्दछ।

मादल व्यवसाय गर्दै आएका भोजपुर केउरेनीपानी–१ का टेकबहादुर बिसुंखेले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निराशा आएको बताए।

केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्नेहरुको थुप्रै समूह पाइन्थ्यो। 

आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको हो। डिजिटल गीत सङ्गीतको कारण मादल नै सङ्कटमा पर्न थालेपछि यो व्यवसायमा लागेकाहरुलाई भने झनै समस्या पर्दै गएको दिङ्लाका मादल व्यवसायी रमेश धुलोकोटीले बताए।

पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप भएको धुलोकोटीको भनाइ छ। 

विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्री वितरण कम हुँदै गएको छ। विद्युतीय बाजाको प्रयोगका कारण मादल बनाउने पेशा अङ्गालेका व्यक्तिहरुको व्यवसाय नै सङ्कटमा पर्दै गएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad