कारोबार


१ करोड १५ लाख लिटर दूध प्रशोधन

१ करोड १५ लाख लिटर दूध प्रशोधन

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १०:१८, चितवन

चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ। किसानबाट संकलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो। 

भरतपुर महानगरपालिका(१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । गर्मी बढ्न थालेपछि दूध संकलन घटेको छ । गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध संकलन भएको उनले बताए। ‘गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ’, उनले भने, ‘पाउडर र बटर उत्पादनका लागि संकलन  हुने दूध पनि घट्छ।’

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध संकलन हुने गरेको छ। ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ।’ पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ।

बि.सं.२०७२ को भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ।

जिल्ला दूध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad