कुमारी बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४३ दशमलव ८७ प्रतिशत ले नाफा बढाएको हो।
बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा १ खर्ब ७६ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ।
त्यसमा ६ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ संचालन नाफा कमाएको छ।
बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ७७ करोड रुपैयाँ छ। बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २७ पैसा र बैंकको खराब कर्जा अनुपात ० दशमलव ९६ प्रतिशत देखिएको छ।
24
Shares

प्रतिक्रिया