ad ad

कारोबार


व्यवसाय विस्तारमा आक्रामक बैंकहरू : ४ वटाको घट्दा १८ को बढ्यो, कुनको कति?

व्यवसाय विस्तारमा आक्रामक बैंकहरू : ४ वटाको घट्दा १८ को बढ्यो, कुनको कति?

केशर बोगटी
बैशाख २१, २०८० बिहिबार १६:१०, काठमाडौँ

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले लगानीयोग्य रकम (तरलता)को अभाव झेलिरहे पनि १८ बैंकले आक्रामक रुपमा व्यवसाय विस्तार गरेका छन्। 

कुल २२ मध्ये चारवटा वाणिज्य बैंक भने कर्जा ‘रिकभरी’मा लाग्दा व्यवसाय घटेको छ। 

आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् चैत मसान्तसम्म प्राइम कमर्सियल बैंक, सनराइज, माछापुच्छ्रे र कृषि विकास बैंकको व्यवसाय घटेको हो। 

यी बैंकहरू कर्जा उठाउनतिर लागेर निक्षेपमा केन्द्रित भएका छन्। जसकारण व्यवसाय घटेको देखिन्छ। 

अन्य १८ बैंकले भने उक्त अवधिमा व्यवसाय बढाएका छन्। गत आर्थिक वर्षको अन्तमा अधिकांश बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत माथि थियो। त्यसले बैंकहरू आर्थिक वर्षमा कर्जा विस्तार गर्न नसक्ने अवस्थाको संकेत गरेको थियो। 

त्यसका बाबजुद बैंकहरू व्यवसाय विस्तारमा आक्रामक देखिएका हुन्। यो वर्ष खासगरी मर्जरपश्चात् एकीकृत कारोबार गरेका बैंकहरूको व्यवसाय बढेको छ। 

सर्वाधिक व्यवसाय वृद्धिमा नेपाल इन्भेष्टमेन्ट बैंक पहिलो नम्बरमा 
चैत मसान्तसम्मा व्यवसाय वद्धिदरको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा पहिलो स्थानमा छ। चैत मसान्तसम्ममा बैंकको व्यवसाय ८८.३९ प्रतिशतले बढेको छ।

त्यसैगरी ग्लोबल आईएमई बैंकले व्यवसाय ३९.१९ प्रतिशत, हिमालयन बैंकको ५७.८ प्रतिशत, कुमारी बैंकको ७६.९१ प्रतिशत, नबिल बैंकको ४५.७३ प्रतिशत र बैंकको ६८.७७ प्रतिशतले बढेको छ। त्यसैगरी सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको व्यवसाय १.८९ प्रतिशतले मात्र बढेको छ। 

सर्वाधिक व्यवसाय गर्ने ग्लोबल आईएमई बैंक
आर्थिक वर्षको चैत मसान्तसम्म सर्वाधिक व्यवसाय गर्नेको पहिलो नम्बरमा ग्लोबल आईएमई बैंक छ।

बैंकले चैत मसान्तसम्ममा ३६२ अर्ब ८ करोड रुपैयाँको व्यवसाय गरेको छ। त्यसैगरी दोस्रोमा नबिल बैंक छ। बैंकले चैत मसान्तसम्ममा ३२३ अर्ब ५१ करोड रुपैयाँको व्यवसाय गरेको छ। 

तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक छ। बैंकले ३११ अर्बको व्यवसाय गरेको हो। सबैभन्दा कम व्यवसाय विस्तार गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ। बैंकले चालू आवको चैत मसान्तसम्ममा ८० अर्बको व्यवसाय गरेको छ। 

चार वाणिज्य बैंकको व्यवसाय घट्यो 
चैत मसान्तसम्ममा चार वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा सनराइज, प्राइम कमर्सियल, कृषि विकास र माछापुच्छ्रेको व्यवसाय विस्तार घटेको छ। 

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा माछापुच्छ्रे बैंकको व्यवसाय २.०४ प्रतिशतले घटेर १२८ अर्ब ४९ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा माछापुच्छ्रे बैंकले १३१ अर्ब १७ करोडको व्यवसाय गरेको थियो। 

त्यसैगरी सनराइज बैंकको व्यवसाय १.८ प्रतिशतले घटेको छ। चैत मसान्तमा बैंकले ११९ अर्ब ४३ करोडको व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १२१ अर्ब ६१ करोडको व्यवसाय गरेको थियो। 

प्राइम कमर्सियल बैंकको व्यवसाय १.६६ प्रतिशतले घटेको छ। चैत मसान्तमा बैंकले १५२ अर्ब १० करोडको व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १५४ अर्ब ६६ करोडको व्यवसाय गरेको थियो। 

साथै, कृषि विकास बैंकको बिजनेस ०.१३ प्रतिशतले घटेको छ। बैंकले चालू आवको चैत मसान्तसम्ममा बैंकले १७७ अर्ब ७३ करोड गरेको छ। गत वर्ष यसै अवधिमा बैंकको व्यवसाय १७७ अर्ब ९५ करोडको व्यसाय गरेको थियो। 

कुन बैंकले कतिको व्यवसाय गरे? 
सिटिजन्स बैंक

सिटिजन्स बैंकको व्यवसाय विस्तार ५.२२ प्रतिशतले बढेर १३९ अर्ब ७ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १३२ अर्ब १७ करोडको व्यवसाय गरेको थियो। 

एभरेष्ट बैंक 
एभरेष्ट बैंकले १६० अर्ब ८९ करोडको व्यवसाय गरेको छ। गत वर्षको तुलनामा बैंकको व्यवसाय १२.२९ प्रतिशतले बढेको छ। गत वर्ष सोही अवधिमा बैंकले १४३ अर्ब २८ करोडको व्यवसाय गरेको थियो। 

ग्लोबल आईएमई बैंक 
ग्लोबल आईएमई बैंकले व्यवसाय ३९.१९ प्रतिशतले बढेको छ। बैंकले चैत मसान्तसम्ममा ३६२ अर्ब ८ करोडको गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २६० अर्ब २० करोडको व्यवसाय गरेको थियो। 

हिमालयन बैंक 
हिमालयन बैंकको व्यवसाय २३७ अर्ब ३५ करोडको गरेको छ। बैंकले गत वर्षसोहस् अवधिमा १५० अर्ब ४१ करोडको व्यवसाय गरेको थियो। जुन गत वर्षको तुलनामा ५७.८ प्रतिशत धेरै हो। 

कुमारी बैंक 
कुमारी बैंकको व्यवसाय ७६.९१ प्रतिशतले बढेको छ। बैंकले चालु आवको चैतसम्ममा २७५ अर्ब ८५ करोडको व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा १५५ अर्ब ९३ करोडको व्यवसाय गरेको छ। 

लक्ष्मी बैंक
लक्ष्मी बैंकको व्यवसाय १.९७ प्रतिशतले बढेको छ। बैंकले चैत मसान्तसम्ममा बैंकको विजनेश १३१ अर्ब ४६ करोडको गरेको छ गत वर्षको सोही अवधिमा बैंकले १२८ अर्ब ९२ करोड रुपैयाँको व्यवसाय गरेको थियो। 

नबिल बैंक
नबिल बैंकको व्यवसाय ४५.७३ प्रतिशतले बढेको छ। बैंकले चैत मसान्तसम्ममा ३२३ अर्ब ५१ करोड विजनेश गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको २२१ अर्ब ९८ करोडको व्यवसाय गरेको छ। 

नेपाल बैंक
नेपाल बैंकको व्यवसाय २.९५ प्रतिशतले बढेको छ। चालु आवको चैतसम्ममा १७३ अर्ब ७७ करोड विजनेश गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १६८ अर्ब ८० करोडको व्यवसाय गरेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंक 
स्ट्यान्डर्ड चाटर्ड बैंकको व्यवसाय १.८९ प्रतिशतले बढेको छ। चैत मसान्तमा ८० अर्बको व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ७८ अर्ब ५८ करोडको व्यसाय गरेको छ। 

सिद्धार्थ बैंक 
बैंकको व्यवसाय २.३२ प्रतिशतले बढेको छ। चैत मसान्तमा १८१ अर्ब ४९ करोडको व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १७७ अर्ब ३७  करोडको व्यसाय गरेको छ। 

नेपाल एसबीआई बैंक 
नेपाल एसबिआई बैंकको व्यवसाय १०.८५ प्रतिशतले बढेको छ। बैंकले चालु आवको चैत म्सान्तमा १२० अर्बको कारोबार गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १०८ अर्ब ४७ अर्बको कारोबार गरेको थियो। 

सानिमा बैंक 
सानिमा बैंकको व्यवसाय ४.९७ प्रतिशतले बढेको छ। चैत मसान्तसम्मा बैंकले १४४ अर्ब ६ करोडको व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा बैकले १३७ अर्ब २४ करोडको नाफा गरेको थियो। 

प्रभु बैंक 
बैंकको बिजनेस ६८.७७ प्रतिशतले बढेको छ। चालू आवको चैत मसान्तमा बैंकले २४२ अर्ब ५३ करोडको  विजनेश गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १४३ अर्ब ७१ करोडको व्यवसाय गरेको थियो। 

एनएमबी बैंक 
यस बैंकको व्यवसाय ४.४१ प्रतिशतले बढको छ। चैत मसान्तमा बैंकले १८५ अर्ब ७७ करोडको बिजनेस गरेको छ। गत वर्ष सोही  अवधिमा बैंकले १७७ अर्ब ९२ करोडको व्यवसाय गरेको थियो। 

नेपाल इन्भेष्टमेन्ट मेगा 
यस बैंकको व्यवसाय ८८.३९ प्रतिशतले बढेको छ। बैंकले चालु आवको चैतसम्ममा ३११ अर्बको व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १६५ अर्ब २१ करोड रुपैयाँको व्यवसाय गरेको थियो। 

एनआईसी एसिया बैंक 
यस बैंकको बिजनेस ३.३१ प्रतिशतले बढेको छ। चैत मसान्तसम्मा बैंकले २६६ अर्ब २१ करोड व्यवसाय गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २५७ अर्ब ६७ करोडको व्यवसाय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .