ad ad

कारोबार


जीवन बीमा कम्पनीहरुले गरे १ खर्ब बढीको व्यवसाय

जीवन बीमा कम्पनीहरुले गरे १ खर्ब बढीको व्यवसाय

नेपालखबर
बैशाख २०, २०८० बुधबार १८:३३, काठमाडौँ

जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ९ महिना (चैतसम्म)मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रूपैयाँ बराबरको व्यवसाय गरेका छन।

जुन गत वर्षको सोही अवधिको तुलनामा २.२५ प्रतिशतले धेरै हो।

गत वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ व्यवसाय गरेका थिए ।

कुन बीमा कम्पनीको व्यवसाय कति? 
नेपाल लाइफ इन्स्योरेन्सले चैतसम्ममा २७ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यसैगरी राष्ट्रिय बीमा संस्थाले ७ अर्ब १० करोड, नेशनल लाइफले ११ अर्ब ३७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ९४ करोड, मेट लाइफले ३ अर्ब ८७ करोड, एशियन लाइफले ५ अर्ब १९ करोड, गुँरासले २ अर्ब २४ करोड, प्राइम लाइफले ३ अर्ब ३४ करोड, आइएमई लाइफले २ अर्ब ९८ करोडको व्यवसाय गरेको छ।

त्यसैगरी युनियन लाइफले ५ अर्ब ७५ करोड, सन नेपालले २ अर्ब ८७ करोड, रिलायन्स लाइफले २ अर्ब १२ करोड, रिलायबलले २ अर्ब ७४ करोड, सिटिजन्सले ४ अर्ब १ करोड, सानिमा लाइफले १ अर्ब ७० करोड, प्रभु लाइफले १ अर्ब ५५ करोड, महालक्ष्मीले १ अर्ब १८ करोड, सुर्यज्योतिले ६ अर्ब २० करोड र सानिमा रिलायन्स लाइफले २४ करोड ७२ लाखको व्यवसाय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .