कारोबार


प्रोटोन इमास ५ सार्वजनिक, मूल्य कति?

प्रोटोन इमास ५ सार्वजनिक, मूल्य कति?

प्रोटोनको नयाँ ईभी इमास ५ सोमबार नेपाली बजारमा (सरोज नेपाल)


नेपालखबर
साउन ५, २०८३ मंगलबार १३:५६, काठमाडौँ

प्रोटोनको नयाँ ईभी इमास ५ सोमबार नेपाली बजारमा सार्वजनिक भएको छ। 

नेपालका लागि प्रोटोन गाडीका आधिकारिक बिक्रेता जगदम्बा माटर्सले सोमबार इमास ५ दुई भेरियन्ट प्राइम र प्रिमियमा सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार प्राइम भेरियन्ट २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ छ।

कम्प्याक्ट एसयूभी इमास ५ प्राइमा ३०.१२ किलोवाट आवर ब्याट्री र प्राइममा ४०.१६ किलोवाट आवरको ब्याट्री छ। जसले क्रमशः २२५ किलोमिटर र ३२५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। साथै प्राइमा ५८ किलोवाट र प्राइममा ८५ किलोवाटको मोटर छ। 

नयाँ ईभी फास्ट चार्जिङबाट २१ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ। 

आकर्षक इन्टेरियरमा उपलब्ध इमास ५ मा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोसहित वायरलेस चार्जिङ सर्पोट गर्छ। सुरक्षाका लागि कारमा ६ एयरब्याग, विभिन्न फिचरसहितको लेभर २ एडास, ३६० क्यामरा रहेको छ। 

कम्पनीले इमास ५ आधिकारिक रुपमा सार्वजनिक गर्नुअघि नै बुकिङ खुलाएको थियो। प्रोटोन र जिलीको सहकार्यमा विकास गरिएको इमास ५ ले हालै मलेसियामा आयोजित ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवाड्र्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि जितेको थियो।

कम्पनीका अनुसार यो नेपालमा आफ्नो सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हो। नेपालमा विद्युतीय सवारीको माग निरन्तर बढिरहेको समयमा इमास ५ पहिलो पटक ईभी चढ्ने उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुन सक्छ।

थप तस्बिरहरू (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad