कारोबार


माछापुच्छ्रे बैंकको सिनियर डीसीईओमा अर्याल र डीसीईओमा जमरकट्टेलको पदोन्नति

माछापुच्छ्रे बैंकको सिनियर डीसीईओमा अर्याल र डीसीईओमा जमरकट्टेलको पदोन्नति

नेपालखबर
साउन ५, २०८३ मंगलबार १४:५, काठमाडौँ

माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा प्रसिद्धराज अर्याल बढुवा भएका छन्।

उनी यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारीमा थिए।

त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा सुभाष जमरकट्टेल बढुवा भएका छन्। उनी यसअघि नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए।

बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले अर्याल जमरकटेलको पदोन्नति गर्ने निर्णय गरेको हो।

अर्यालले काठमाडौँ विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका छन्। उनी दुई दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन्।

यस अवधिमा अर्यालले कर्जा व्यवस्थापन, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विविध क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

माछापुच्छ्रे बैंकमा आउनुअघि उनले सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी, सुभाष जमरकटेलले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानूनमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad