कारोबार


एनआईसी एसियाले भन्यो– कर्जा जोखिम भारको दरलाई तोडमोड गरेका छैनौँ

एनआईसी एसियाले भन्यो– कर्जा जोखिम भारको दरलाई तोडमोड गरेका छैनौँ

नेपालखबर
फागुन १, २०८० मंगलबार १४:२६, काठमाडौँ

एनआईसी एसिया बैंकले बैंकबारेका पछिल्ला केही समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले घर कर्जाको वासलबमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको भनी आएका समाचारको खण्डन गरेको हो। 

‘नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५मा उल्लिखित रिस्क वेट क्लासिफिकेसनसम्बन्धी व्यवस्थाहरूमध्ये क्लेम्स सेक्युर्ड बाई रेसिडेन्सियल प्रपर्टिजभित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाइअनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष रिपोर्टिङ गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठेपश्चात् बैंकले नेपाल राष्ट्र बैंकसमक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम्स सेक्युर्ड बाई रेसिडेन्सियल प्रपर्टिज सम्बन्धमा बैंकको बुझाइलाई अद्यावधिक गरी सोहीबमोजिम नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ गरिसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँछौंँ’, बैंकले भनेको छ। 

यस विषयबाहेक बैंकले रियल स्टेट सेक्टर (घरजग्गा) मा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको बैंकले जनाएको छ। यस क्षेत्रमा बैंकले आफ्नोे कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पुस मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको जनाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .