कारोबार


प्रभु बैंकका स्वतन्त्रसहित ३ सञ्चालकको राजीनामा, २ जना नियुक्त

प्रभु बैंकका स्वतन्त्रसहित ३ सञ्चालकको राजीनामा, २ जना नियुक्त

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १२:८, काठमाडौँ

प्रभु बैंकको सञ्चालक समितिमा रहेका स्वतन्त्रसहित तीन सञ्चालकले पदबाट राजीनामा दिएका छन्। 

संस्थापक सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्राडा गीता प्रधानले पदबाट राजीनामा दिएका हुन्। 

उनीहरुको राजीनामा यही ७ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको प्रभु बैंकले जनाएको छ। 

सोही बैठकले रिक्त २ पदमा अंगिर मान सिंह र तारा मानन्धरलाई नियुक्त गरेको बैंकले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .