कारोबार


पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष

पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:५३, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे नियुक्त भएका छन्।

उनलाई बैंकको मंगलबार बसेको ६१७औँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। 

पाँडेसँग बैंकिङ क्षेत्रमा झण्डै ४ दशकको अनुभव छ। मर्जरअघि उनी नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष थिए। उनी हिमालयन बैंकका संस्थापक सदस्य समेत हुन्।

चार्टर्ड एकाउन्टेन्सीमा स्नातक गरेका पाँडे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पुन: अध्यक्षमा नियुक्त भएका हुन्।

उनी नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन्। 

उनीसँग सनन् १९८६ देखि १९८८ सम्म अन्तर्राष्ट्रिय मुद्रा कोषका लागि नेपाल राष्ट्र बैंकको प्रतिनिधिको रुपमा काम गरेको अनुभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad