कारोबार


अझै बढेन कर्जाको माग, वैशाखमा पनि अधिकांश बैंकहरूको ब्याजदर स्थिर

अझै बढेन कर्जाको माग, वैशाखमा पनि अधिकांश बैंकहरूको ब्याजदर स्थिर

नेपालखबर
चैत ३१, २०८१ आइतबार ११:९, काठमाडौँ

वैशाख महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन्। 

२० वटा वाणिज्य बैंकहरूमध्ये १६ वटाले पुरानै ब्याजदरलाई यथावत् राखेका हुन्।

अन्य ३ वाणिज्य बैंकहरूले भने चैतको तुलनामा ब्याज घटाउँदा एउटा बैंकले भने थोरैले बढाएको छ।

कर्जाको मागमा परिवर्तन नदेखिँदा गएको ५ महिनादेखि बैंकहरूले ब्याजदर स्थिरप्राय: बनाएका छन्।

बैंकहरूको आधारदर तल्लो सीमामा आइपुग्दा समेत कर्जा प्रवाहमा सुधार नदेखिँदा बैंकहरूले निक्षेप र कर्जा दुवैको ब्याज स्थिरमै राखेका हुन्।

कुमारी बैंक सानिमा बैंक र नेपाली बैंकले भने न्यून अंकले ब्याजदर घटाउँदा एभरेस्ट बैंकले बढाएको छ। यी बैंकहरूमा व्यक्तिगततर्फ क्रमश: ०.१, ०.९ र ०.३५ प्रतिशतले ब्याजले घटेको छ।

एभरेस्ट बैंकले भने चैतको तुलनामा ०.६१ प्रतिशतले ब्याज बढाएको छ। अन्य १६ वटा वाणिज्य बैंकहरूले भने चैतको ब्यादरलाई वैशाखमा पनि निरन्तरता दिने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad