लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४०.९७ प्रतिशतले नाफा बढाएको छ।
अघिल्लो वर्ष २ अर्ब ९२ करोड नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको हो।
जसमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ८४ करोड रुपैयाँ छ। अघिल्लो वर्ष बैंकले १२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष सामान्य बढाउन सफल देखिएको हो।
यो बैंकको खुद सञ्चालन आय १४ अर्ब ६८ करोड छ भने सञ्चालन मुनाफा पनि ६ अर्ब ९ करोड रुपैयाँ छ। अघिल्लो वर्ष बैंकको खुद सञ्चालन आय १४ अर्ब ९१ करोड थियो भने खुद सञ्चालन मुनाफा ४ अर्ब ४० करोड थियो।
यो वर्ष बैंकले यस्तो आम्दानीमा सामान्य वृद्धि मात्रै गर्न सकेको देखिन्छ।
बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफामा १४२.१ प्रतिशतले बढेर ३ अर्ब ५३ लाख पुगेको छ। जसबाट सेयरधनीलाइ १२.३४ प्रतिशत लाभांश दिन सक्नेछ।
अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड १६ थियो। जसबाट बैंकले ५.२६ प्रतिशत लाभांश दिएको थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा पुगेको छ।
Shares

प्रतिक्रिया