दुईपांग्रे ब्रान्ड याडियाले भेलाक्स स्कुटरमा स्टक अफर घोषणा गरेको छ।
यसको आधिकारिक वितरक कुजु नेपाल प्रालिले उच्च प्रदर्शनयुक्त याडिया भेलाक्समा विशेष सीमित स्टक अफर ल्याएको हो।
अब यसको मूल्य अघिल्लो २ लाख ८५ हजार रुपैयाँबाट घटाएर २ लाख ४५ हजार रुपैयाँमा झरेको छ।
याडिया भेलाक्समा ३२ सय वाट मोटर र १७२ एनएम टर्कसहित यसले ६२ किमि/घण्टाको उच्चतम गति छ। एक पटकको चार्जमा १०० किमिसम्मको रेन्ज रहेको स्कुटरको ३० एएच/ ७२भी लिजियम आइरन फस्फेट ब्याट्री रहेको छ।
डिजाइन र सुविधाको दृष्टिले भेलाक्समा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ सीबीएसजस्ता विशेषताहरू छन्। यसमा १७० मिमि ग्राउन्ड क्लिरेन्स रहेको कम्पनीले जनाएको छ।
याडियाले भेलाक्समा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष/ ५० हजार किमि वारेन्टी प्रदान गर्छ।
कम्पनीको यो विशेष अफर हो र सीमित स्टकमा मात्र लागू हुनेछ। स्टक सकिएपछि पुन: पुरानै मूल्य कायम हुने जनाइएको छ।
Shares

प्रतिक्रिया