ad ad

कारोबार


२० अर्बले फेर्दै छ काठमाडौंको यातायात, रिङरोडले पाउँदै छ ईबी र्‍यापिड ट्रान्जिट

२० अर्बले फेर्दै छ काठमाडौंको यातायात, रिङरोडले पाउँदै छ ईबी र्‍यापिड ट्रान्जिट

प्रतिनिधिमूलक तस्बिर (सान जकिन रिजनल ट्रान्जिटबाट)


नेपालखबर
असोज १७, २०७९ सोमबार १८:३, काठमाडौँ

लगानी बोर्डले रिङरोडमा इलेक्ट्रिक बस र्‍यापिड ट्रान्जिट (ईबीआरटी)को लागि सम्भाव्यता अध्ययन थालेको छ। 

२७.३ किलोमिटर लामो रिङरोडमा बीओटी मोडलमा ईबीआरटी बनाउने तयारी गरेको हो। 

अव्यवस्थित रुपमा रिङरोडमा चलेका बसलाई व्यवस्थित गर्न योजना अघि बढाएको बोर्डले जनाएको छ। पूर्वसम्भाव्यता अध्ययनले साना गाडीलाई प्रतिस्थापन गर्दै रिङरोडमा ७५ वटा बस सञ्चालन गर्न आवश्यक रहेको औँल्याएको थियो।  

निजी क्षेत्रको सहभागितामा ईबीआरटी बन्नेछ। निजी क्षेत्रबाटै लगानी, सञ्चालन र व्यवस्थापन गर्ने मोडालिटीमा बनाउने तयारी गरिएको यसमा स्मार्ट टिकेटिङ, ट्राक गर्न सकिने र समय तालिकाअनुसार सवारीसाधन चल्नेछन्। 

यसको लागत २० अर्ब अनुमान गरिएको छ। २०१९ को अध्ययनअनुसार दैनिक २ लाख ४० हजार यात्रु सवार गर्ने अनुमान गरिएको छ। २०२९ सम्म दैनिक बढीमा ३ लाख ८ हजार र न्यूनतम १ लाख ७० हजार यात्रु रहने अध्ययनबाट देखिएको छ। 

आयोजना बनाउनुको उद्देश्य रिङरोडमा गुड्ने विद्युतीय बसको डेडिकेटेड लेन रहनेछ। सार्वजनिक यातायातको गुणस्तर सुधार गर्दै समयमै गन्तव्यमा पुर्‍याउन यसले सहयोग पुग्ने बताएका थिए। 

ईबीआरटी सञ्चालन आए यात्रा समय, सडक सुरक्षा वृद्धिले सार्वजनिक यातायातको विश्वसनीयता समेत बढ्ने बोर्डको अनुमान छ। विद्युतीय सवारी बढ्दा प्रदूषण घट्नेछ। 

ईबीआरटी सञ्चालनको लागि रिङरोडमा डेडिकेटेड बस लेन, विद्युतीय बस, ५ मिटर लम्बाइको बस स्टप स्टेसन, स्मार्ट कार्ड र क्वाइन बेस भाडा प्रणाली, लाइट, सिग्नललगायतका पूर्वाधार बन्नेछन्। 

जीपीएस सिस्टम, इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम, टर्मिनल र चार्जिङ स्टेसन, फ्लाईओभर रोड र पुल निर्माण गर्नुपर्नेछ। लगानी बोर्डले २०१९ मै पूर्वसम्भाव्यता अध्ययन गरी बिल्ड–अपरेट– आउन ट्रान्सफर मोडलमा निर्माण गर्न सुझाव दिएको छ। 

योजनाअनुसार काम अघि बढे आधुनिक बस स्टप र टर्मिनलसहित विद्युतीय बस गुड्नेछन्। बस स्टेसन २७ वटा रहनेछ भने एउटा टर्मिनल बनाउने प्रस्ताव गरिएको छ। यसअनुसार १६० वटा बस गुडाउन सकिन्छ भने ७५ वटा आवश्यक रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .