धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन्। महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले नेपालखबरलाई जानकारी दिए।
उनी खानीखोलाका प्रमुख समेत हुन्। सोही इलाका कार्यालयमा कार्यरत एक महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि उनलाई शनिबार पक्राउ गरिएको खत्रीले जानकारी दिए।
‘उहाँविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको छ,’ डिएसपी खत्रीले भने, ‘उहाँको बारेमा थप अनुसन्धान भइरहेको छ।’
असोज १६, २०७९, आइतबार
318
Shares
प्रतिक्रिया