ad ad

कारोबार


नागढुंगाको मुख्य सुरुङ झण्डै २ किमि पूरा, अब के–के बाँकी छन् काम?

नागढुंगाको मुख्य सुरुङ झण्डै २ किमि पूरा, अब के–के बाँकी छन् काम?

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १४:२९, काठमाडौँ

नागढुंगा सुरुङमार्ग निर्माणको ताजा अपडेट उपलब्ध भएको छ। 

नागढुंगा सुरुङ निर्माण योजनाका अनुसार शुक्रबारसम्म मुख्य सुरुङको कुलमध्ये १ हजार ८ सय १३ मिटर (झण्डै २ किमि) खनेर सकिएको हो। 

मुख्य सुरुङ कुल २ हजार ६ सय ८८ मिटर (झण्डै ३ किमि) लामो छ। यसमध्ये पूर्वतर्फ ८७१.८० मिटर र पश्चिमबाट ९४१.२० मिटर खनेर सकिएको हो। 

यसबाहेक इभ्याकुएसन टनेल कुल २ हजार ५ सय ५७ मिटर रहेकामा २ हजार ६९.८० मिटर खनिसकिएको छ। यो सुरुङ पूर्वबाट ११ सय १३.२० मिटर र पश्चिमबाट ९५६.६० मिटर सम्पन्न भएको छ। 

त्यस्तै वर्किङ अडिटतर्फ १२६ मिटर रहेकामा यो सम्पन्न भइसकेको आयोजनाले उल्लेख गरेको छ। 

यता क्रस प्यासेजतर्फ १२७८ मिटर रहेकामा पूर्वबाट ३८.१० मिटर र पश्चिमबाट ३६.१० मिटर गरी कुल ७४.२० मिटर सम्पन्न भएको छ। 

यसअनुसार कुल ५ हजार ४ सय ९९ मिटरमध्ये ४ हजार ८३.३३ मिटर सम्पन्न भएको हो। यो भनेको सुरुङतर्फ ७४.२० प्रतिशत भौतिक प्रगति हो। 

त्यस्तै कंक्रिट लाइनका काममा ९६७.४० मिटर (३४.४० प्रतिशत) सम्पन्न भएको आयोजनाको भनाइ छ। त्यस्तै संरचनातर्फ ३ वटा अन्डर पास सकिएको छ भने ४ वटा बक्स कल्भर्ट निर्माण पनि सकिएको छ। एउटा ओभरपास समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। 

आयोजनाअन्तर्गत तीनवटा पुल निर्माण समेत सकिइसकेको छ। एउटा फ्लाईओभर समेत समावेश भएको यो आयोजनामा यसको काम बाँकी छ। यसमा ९५ प्रतिशत जग्गा मुआब्जा वितरण सकिएको छ भने तीनवटा फाउन्डेसन र ५ मध्ये २ वटा सबस्ट्रक्चर पूरा भएको छ। 

अर्थवर्कतर्फ सडक उत्खननको काम ७८.७० प्रतिशत सकिँदा इम्ब्यान्कमेन्ट फिलिङ ६९.४० प्रतिशत सकिएको छ। 

आयोजनाको कुल भौतिक प्रगति ४९.०३ प्रतिशत तथा वित्तीय प्रगति ५३.९५ प्रतिशत भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .