सुनकोशी नदीमा पछिल्ला केही दिनयता परेको पानीका कारण वहाव बढ्नथालेपछि फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज निकालिएको छ।
योसँगै गाईघाट–दिक्तेल सडकमा अवरोध भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
सोमबारदेखि सगरमाथा राजमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने फोक्सिङटारमा रहेको सुनकोशी नदीमा लगाएको बेलिब्रिज (पुल) आरएन कन्स्ट्रक्सन प्रालिले निकालेको हो। योसँगै सडकमा अवरोध भएको बताइएको छ।
पहाडी जिल्ला खोटाङलाई तराईसँग जोड्ने प्रमुख नाका फोक्सिङटारको पुल बनेको २ वर्षमै बाढीले बगाएपछि बेलिब्रिज बनाइएको थियो। गत पुसदेखि बेलिब्रिज सञ्चालनमा आएको थियो।
906
Shares

प्रतिक्रिया