राजनीति


सम्झौता नगर्ने भए प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिन्छौँ: राजेन्द्र लिङ्देन

सम्झौता नगर्ने भए प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिन्छौँ: राजेन्द्र लिङ्देन

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १२:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौता नगर्ने भए हेलिकोप्टर चढेर भाग्न मौका दिने जवाफ फर्काएका छन्। 

आगामी जेठ १५ गतेबाट राजावादी पक्षधरले गर्न लागेको आन्दोलनको तयारी बैठकमा उनले संसद्मा प्रधानमन्त्रीले उमेरका हिसाबले भाग्न सकिँदैन भनी दिएको अभिव्यक्तिको जवाफ फर्काएका हुन्। 

'प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन। भाग त भन्नुभएन नि हो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिने,' उनले भने । 

उनले जेठ १५ देखिको आन्दोलन शान्तिपूर्ण हुने दाबी पनि गरे । 'यसपालिको प्रदर्शन शान्तिपूर्ण हुन्छ । निरन्तर हुन्छ,' उनले भने, 'आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ। हाम्रो प्रदर्शन हिंसात्मक हुँदैन ।'

उनले सरकारलाई पनि दमन गरेर हिंसामा भड्काउने मौका नदिइने पनि बताए। उनले अहिलेको आन्दोलन टुंग्याएरै छाड्ने बताए । मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थालाई आन्दोलनको निरीक्षणका लागि आग्रह गर्न लागिएको उनले बताए । 

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताले खाने बताए। अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad