कला


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौँ महाधिवेशन फागुनमा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौँ महाधिवेशन फागुनमा

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १२:५७, काठमाडौँ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौँ महाधिवेशन फागुनमा हुने भएको छ।

प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय भएको प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले जानकारी दिइन्।

बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सोसरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका उपमहासचिव शिरीष देवकोटाका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत भएको छ। त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ।

महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ। महाधिवेशन स्थान भने तोक्न बाँकी छ।

यसअघिको महाधिवेशनबाट रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष समेत हुन्। 

प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन्। जिल्ला, प्रदेश, उपत्यका र विदेश  कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दा बढी शाखा समिति छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad