कारोबार


रियलमी–९का थप शृंखला नेपालमा चाँडै आउने

रियलमी–९का थप शृंखला नेपालमा चाँडै आउने

नेपालखबर
जेठ २, २०७९ सोमबार १२:४०, काठमाडौँ

नेपालमा रियलमी९ शृंखलाको पछिल्लो थप शृंखला नेपालमा चाँडै ल्याउने भएको छ । रियलमी९ यो सामसङ आईएसओ सेल एचएम६ इमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्टफोनहरूमध्ये एक हुनेछ, जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ ।

रियलमी९ स्नाप ड्रागन ६८० प्रोसेसरको साथ आउनेछ जुन ६ एनएम प्रक्रियामा आधारित छ । यो स्मार्टफोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्लेसहित १०२४० स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ ।

यसमा रहेको १६एमपी सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ । यसमा ५००० एमएएचको विशाल ब्याट्री क्षमताका साथ ३३ डब्लु डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ ।

यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक ¥याम विस्तार प्रविधि– डीआरई पनि समावेश गर्दछ जसले पहिले अवस्थित ¥याममा ५जीबीसम्म थप्न सक्छ । यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ । यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सँग आउनेछ ।

यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ । रियलमी९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्पहरू र -याम स्टोरेज भेरियन्टहरूमा लन्च हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .