कारोबार


सेलपे प्रयोगकर्ताले स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न पाउने

सेलपे प्रयोगकर्ताले स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न पाउने

नेपालखबर
जेठ ४, २०७९ बुधबार १३:१६, काठमाडौँ

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा भुक्तानी सेवा प्रदायक सेलकम प्रालि (सेलपे)बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैह्रीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक क्षेत्रीले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपेमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने सेलपेमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनेन्सियल स्विचमार्फत कारोबारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको  कम्पनीले जनाएको छ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंक अन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो।

एससीटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि (पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ। 
एससीटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .