कारोबार


एभरेष्ट बैंकले लुम्बिनीको परासीमा खोल्यो नयाँ शाखा

एभरेष्ट बैंकले लुम्बिनीको परासीमा खोल्यो नयाँ शाखा

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १४:३८, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा आफ्नो ११६औँ शाखा बिहीबार उद्घाटन गरेको छ।
 

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कमर्सका अध्यक्ष केशव प्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका हुन्। 

उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे। 

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ। 

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .