कारोबार


शिक्षालाई पूर्ण डिजिटाइज बनाउँदै सत्याल, वर्ल्डलिंकले सहयोग पुर्‍याउँदै

शिक्षालाई पूर्ण डिजिटाइज बनाउँदै सत्याल, वर्ल्डलिंकले सहयोग पुर्‍याउँदै

वर्ल्डलिंकको शिक्षासम्बन्धी सफ्टवेयर सार्वजनिक कार्यक्रम। तस्बिर : विक्रम राई


नेपालखबर
जेठ ८, २०७९ आइतबार १६:१३, काठमाडौँ

सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटल माध्यमबाट हुने भएका छन्। शिक्षालाई पूर्ण डिजिटलाइज बनाउने गरी वर्ल्डलिंकको सहकार्यमा सफ्टवेयरको विकास गरेको हो।

दशकौँदेखि पाठ्यपुस्तक उत्पादन गर्दै आएको सत्याल पब्लिकेसनले विद्यालय र कलेज शिक्षालाई डिजिटलीकरण गर्न सफ्टवेयरको विकास गरेको जनाएको छ। 

सत्याल डिजिटलका प्रमुख कार्यकारी अधिकृत आर्यन सत्यालले भौतिक कक्षालाई हाइब्रिड बनाउन सफ्टवेयरको विकास गरेको बताए। 

‘विद्यार्थी गधाले जस्तो भारी बोकी विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्न खोजेका हौँ’, सीईओ सत्यालले भने, ‘अनलाइन कक्षा, अनलाइन टेष्ट, ईबुक, असाइन्मेन्ट लगायतका सबै काम डिजिटलाइज रुपमा गर्न सकिन्छ।’

उनले अनलाइन परीक्षाको लागि कपि पेष्ट हुन नसक्ने गरी सफ्टवेयरको विकास गरिएको बताए।

‘अहिलेका बच्चा फुर्सदको समय इन्टरनेट र प्रविधिमै भुलेका हुन्छन्’, सत्यालले भने, ‘तर विद्यार्थी अनलाइन गेम र अनावश्यक सामग्रीमा समय बिताएका हुन्छन्। शिक्षा प्रणालीलाई परिवर्तन गर्न नसक्दा विद्यार्थीले प्रविधिलाई शिक्षा हासिलका लागि प्रयोग गर्न सकिरहेका छैनन्।’

सत्याल डिजिटल एपले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई सहयोग गर्ने उनी बताउँछन्। 

‘सत्यालको एपमा १० हजार बढी शिक्षक आबद्ध रहेका हुन्छन्। अभिभावकले जुन शिक्षक राम्रो लाग्छ छानेर ट्युसन पढाउन सक्छ,’ सत्यालले भने। 


 
डिजिटल शिक्षा प्रवर्द्धन गर्न वर्ल्डलिंकको प्याकेज
सत्याल डिजिटलको वर्ल्डलिंक इन्टरनेट पार्टनर छ। वर्ल्डलिंकले आफ्ना देशभरका नेटर्वकबाट सबैले सेवा पाउने छन्। 

वर्ल्डलिंकका प्रोडक्ट म्यानेजर प्रमेश न्यौपानेले विदेशमा पहिल्यै सुरु भएको डिजिटल शिक्षा नेपालमा पनि आउनु राम्रो रहेको बताए। उनले सत्याल एपको वर्ल्डलिंकले होस्टिङ गरेकाले डाटाहरु सुरक्षित रहने बताए। 

‘वर्ल्डलिंकले विद्यालयलाई डिजिटलाइज बनाउन इन्टरप्राइजेज इन्टरनेट प्याकेज ल्याएको छ’, न्यौपानेले भने, ‘विद्यालयभित्र इन्टरनेट चलाउँदा कुन एप चल्छ कुन चल्दैन भन्ने हामीले कन्ट्रोल गर्न सक्छौँ।’

उनले विद्यार्थीलाई इन्टरटेन्मेन्ट पनि आवश्यक पर्ने भएकाले ब्रेकको समयमा इन्टरनेटलाई फ्रि छाड्न सकिने बताए। 

वर्ल्डलिंकले इन्टरनेट सेवा मात्रै नभई आईटीसँग सम्बिन्धित सबै सुविधा दिन थालेको छ। इन्टरनेटको होम प्याकेजमा बच्चाको आवश्यकताअनुसार कुन साइट चल्ने कुन नचल्ने सुविधा दिनसक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .