कारोबार


रियलमी जिटी नियो ३ ले बनायो चार्जिङ टेस्ट इतिहासमा नयाँ रेकर्ड

रियलमी जिटी नियो ३ ले बनायो चार्जिङ टेस्ट इतिहासमा नयाँ रेकर्ड

नेपालखबर
जेठ ९, २०७९ सोमबार १३:१२, काठमाडौँ

स्मार्टफोन ब्राण्ड रियलमीले डीएक्सओमार्क चार्जिङ टेस्ट इतिहासमा नयाँ रेकर्ड बनाएको छ। 

रियलमी जिटी नियो ३ ले विश्वव्यापी रुपमा सबैभन्दा छिटो स्मार्टफोन चार्ज गर्ने प्रविधि १५० वाट अल्ट्राडार्ट चार्जको साथ प्रिमियम मोबाइल अनुभव प्रस्तुत गरेको छ। 

यसले प्रयोगकर्ताको ब्याट्री ५ मिनेटमा शून्य प्रतिशतदेखि ५० प्रतिशतसम्म चार्ज गर्छ र विना कुनै अवरोध प्रकाशको गतिमा काम गर्ने कम्पनीको दाबी छ।

उपभोक्ताहरुका लागि उत्कृष्ट उत्पादन छनोट गर्नका लागि, डीएक्सओमार्कले जिटी नियो ३ का सुविधाहरुको हालै मूल्यांकन गरेको छ। 

पछिल्लो घोषणा अनुसार, रियलमी जिटी नियो २ चार्जिङ समयमा १२१ चार्जिङ सब–स्कोरको साथ डीएक्सओमार्क परीक्षणमा शीर्ष स्थान बनाएको छ। 

त्यसैगरी, जिटी नियो २ ५जी र एप्पल आई फोन १३ प्रो म्याक्स क्रमशः १०१ र ७३ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ। प्रभावशाली चार्जिङ स्पीड बाहेक, सुरक्षा र स्थायित्वका पक्षहरु पनि रियलमी जिटी नियो ३ का प्राथमिकतामा छन्। 

रिमार्केवल चार्जिङ स्पीड 
स्मार्टफोनको लागि फास्ट चार्जिङ प्रविधि आधुनिक प्रविधिमा सबैभन्दा महत्वपूर्ण प्रगतिहरु मध्ये एक हो, किनकी यसले उपकरणको उपयोगिता र पोर्टेबिलिटीमा सुधार गर्छ। नतिजाको रुपमा, प्रयोगकर्ताहरुले विस्तारित अवधिको लागि सार्न सक्ने क्षमताको फाइदा लिन सक्छन् र समय बचत गर्न सक्छन्।

प्रयोगकर्ताका रुचि र आवश्यकताहरु पूरा गर्न रियलमी जिटी नियो ३ अल्ट्राडार्ट डुअल – चिपसेट सहित सुसज्जित छ। नयाँ ४ः२ हाई पावर चार्जिङ आर्किटेक्चर ले ब्याट्री चार्जिङ क्षमतामा सुधार गर्छ र स्रोतबाट चार्ज गर्दा हुने चार्जिङ क्षमताको नोक्सानलाई कम गर्छ। 

दोस्रो, उच्च क्षमता भएको चार्ज पम्पले चार्ज गर्दा हुने तातो घटाउँछ, कम तापक्रममा चार्ज बढी टिक्छ र चार्जिङ स्पीड राम्रोे हुन्छ।

डुअल सेल सिरीज संरचनाको साथ, दुई २२५० एमएएच् सेलहरु सिरीजका साथ ब्याट्री भित्र जोडिएका छन्, जुन ४५०० एमएएच् बराबर छन्। डुअल सिरीज स्ट्रक्चर डिजाइनले चार्जिङ पावरलाई एउटै चार्जिङ करन्टसँग सजिलै दोब्बर बनाउन सक्छ। 

ब्याट्री सेन्स सेल भोल्टेज पत्ता लगाउने प्रविधि अपनाएर, उपकरणले ब्याट्री सुरक्षा सर्किटबाट हुने त्रुटिहरुलाई नियन्त्रण गर्दै प्रभावकारी रुपमा सेलहरुको भोल्टेज सही रुपमा पत्ता लगाउन सक्छ। यसले चार्ज गर्दा थप वास्तविक चार्जिङ रणनिति अपनाई समग्र चार्जिङ समय छोटो बनाउँछ।

टीयूभी रेनल्यान्डबाट प्रमाणित 
गतिको अतिरिक्त, रियलमीले सुरक्षालाई पनि महत्व दिन्छ। स्वतन्त्र चार्जिङ चिपले ब्याट्रीमा खतरा महसुस भएमा तुरुन्तै लाइन अफ गर्दछ। ३८ सुरक्षा उपायहरुको परिणाम स्वरुप, उपकरणको सुरक्षित फास्ट चार्ज प्रणालीको लागि टीयूभी रेनल्यान्डद्वारा प्रमाणित गरिएको छ। तसर्थ, रियलमी जिटी नियो ३ को प्रयोगकर्ताहरुले फास्ट चार्जिङको थ्रिल अनुभव गर्दा सुरक्षाको बारेमा चिन्ता लिनुपर्दैन। 

यसबाहेक, चार्जिङ सर्किटमा समर्पित एमसीयू चार्जिङ सेक्युरिटी चिप थपिएको छ, जसले १५० वाट चार्जरलाई असामान्य चार्जिङ स्थितिको अवस्थामा सीधै बन्द गर्न सक्छ। 

ब्याट्रीको अतिरिक्त क्षमता र आयु 
ब्याट्रीको आयुको सन्दर्भमा, जिटी नियो ३ ले १६०० पुरा चार्ज र डिस्चार्ज पछि ८० % भन्दा कम ब्याट्री क्षमताको साथ टिकाउ, फास्ट चार्जिङ प्रयोग गर्दछ, जुन औद्योगिक मापदण्डको दोब्बर हो। दीर्घकालिन रुपमा, यसले प्रभावकारी ब्याट्री क्षमतामा आएको गिरावटलाई धेरै कम गर्न सक्छ र लामो समयसम्म प्रयोग गरेपछि फोन लामो समयसम्म टिक्ने सुनिश्चित गर्न सक्छ। 

विशेष गरी हालको ५जी को समयमा फोनमा भएको ४५०० एमएएच् ब्याट्री क्षमताले लामो समयसम्म टिक्ने ग्यारेन्टी दिन्छ, दैनिक प्रयोगमा, दु्रत चार्जले ठूलो ब्याट्रीलाई पूरक बनाउँछ र चार्जको स्पीडमा भएको वृद्विले उपकरणको दक्षता र उपयोगितालाई सशक्त बनाउँछ। जिटी नियो ३ ले दीर्घकालिन ठूलो ब्याट्रीको आयुको सुरक्षालाई प्राथमिकतामा राखेको छ।

ब्याट्री क्षमता धेरै भएको स्मार्टफोनले उत्पादनको जीवन विस्तार गर्न मात्र होईन पावर बैंकहरु जस्ता सहायक उपकरणहरुको खर्च पनि घटाउँछ। थप रुपमा, अनावश्यक असुविधा र अवरोधहरुलाई सीमित गर्दै, बलियो ब्याट्रीको साथ काम र जीवनमा पर्याप्त सहायक बन्न सक्छ।
 

जिटी नियो ३ ले प्रयोेगकर्ताहरुलाई छिटो, सुरक्षित र टिकाउ फाइदाहरुका साथ पूर्ण ‘३ ईन वान’ अनुभव प्रदान गर्ने वाचा गर्दछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .