कारोबार


सामसङले ल्यायो नयाँ वासिङ मेसिन, सुरु मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ

सामसङले ल्यायो नयाँ वासिङ मेसिन, सुरु मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ

नेपालखबर
जेठ २२, २०७९ आइतबार १२:४९, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। 

कम्पनीका अनुसार नयाँ एआइ एकोबब्बल वासिङ मेसिनहरु सहज धुलाइको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहितका छन् भने उपभोक्ताहरुको चाहनाअनुरुप ८ किलो र ९ किलोसम्मको क्षमतायुक्त मोडलहरु छन्।

२०२२ का वासिङ मेसिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध छन् र यी मोडलहरु एआई कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिमजस्ता विशेषताहरुयुक्त छन्।

एआई कन्ट्रोलले तपाईंको धुलाइ तरिकालाई सम्झिन्छ र बुझ्ने गर्छ, साथै मेसिन लर्निङ्ग प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ। 

यसले लन्ड्री रेसिप, लन्ड्री प्लानि«ङ्ग, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ। 

२०२२ का वासिङ मेसिनहरुमा सामसङको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ। 

उच्च गुणस्तरको सफाइ र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जुसले गढेको मैला तथा ९९.९ प्रतिशत एलर्जी जीवाणुहरु र हटाउन सक्षम छ।

एआइ इकोबब्बल नेपालको पहिलो वासिङ मेसिन हो, जसले मल्टिपल अपशनहरु चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाई साइकल  सिफारिस गर्दछ। 

यो स्मार्ट इन्टरनेट अफ थिङ्ग्स (आईओटी) सक्षम वासिङ मेसिन ग्यालेक्सी स्मार्टफोनहरु, सामसङ स्मार्ट टिभि जस्तै सामसङ स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगल होमसंग कनेक्ट गर्न सकिन्छ। जसले गर्दा प्रयोगकर्ताहरुले सिमलेस अनुभव लिन सक्दछन्।

सामसङ स्मार्ट थिङ्गस एपसंग जोडेपछि एआइ इको बब्बल वासिङ मेसिनहरुले २८ लाख डाटा अँकहरुमा आधारित उत्कृष्ट धुलाई अपशनहरु उपलब्ध गराउँछन्।

धुलाइ अनुभवलाई ज्यादा प्रभावकारी र सजिलो बनाउन लण्ड्री प्लानरले प्रयोगकर्ताहरुलाई धुलाईको अन्त्य हुने समय निर्धारण गर्न सघाउँछ भने लण्ड्री रेसिपिले प्रयोगकर्ताद्वारा दिइएको रङ्ग, फेब्रिक किसिम र दागको डिग्री लगायतको सूचनाहरुमा आधारित उच्चतम धुलाइ साइकलहरुको अटोमेटिक रेकमेन्डेसन प्रदान गरी अनुमान लगाउनु पर्ने आवश्यकतालाई हटाउँछ। 

गोइङ्ग आउट मोडले एन्ड टाइम ढिलो गर्न सहयोग गर्छ र धेरै समयसम्म वासरमा लुगा कपडाहरु छाडिनबाट बचाउँछ। यसका अलावा होम केयर विजार्डले प्रयोगकर्ताहरुलाई सम्भावित समस्याहरुका बारेमा सजग गराउँदै तीव्र समस्या निवारण गर्दछ।

मूल्य, उपलब्धता र वारेन्टी
यी सम्पूर्ण नयाँ वासिङ मेसिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुनेछ। यी मेसिनहरुको सुरुवाती मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ।

उपभोक्ताहरुलाई एआइ इकोबब्बल वासिङ मेसिनहरुमा १ वर्षको वारेन्टी र डिटिआइ मोटरमा १० वर्षको वारेन्टी दिइनेछ।

नयाँ वासिङ मेसिनकाहरु किन्न चाहने उपभोक्ताहरुले चुनिएका सामसङ स्मार्ट प्लाजाहरुबाट शुन्य लागत मासिक किस्ताबन्दीमा पनि सजिलो फाइनान्सिङ्ग विकल्पहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

मुख्य विशेषता 

एआई कन्ट्रोल
एआइ कन्ट्रोलहरुले स्मार्ट समाधानहरु जस्तै लण्ड्री रेसिपि, लण्ड्री प्लानिङ्ग, होम केयर विजार्ड र स्थानमा आधारित रेकमेन्डेशनहरु उपलब्ध गराएर धुलाई कार्यलाई बढी सहज र ज्यादा प्रभावकारी बनाइदिन्छन्। 
एआइ प्याटर्नले तपाईंको लुगा धुने व्यवहारलाई सम्झन्छ र बुझ्छ अनि सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिन्छ। यसले साइकलहरु पर्सनलाइज गरेर उत्तम धुलाई अनुभवलाई तपाईंको आवश्यकताहरु र जीवनशैलीसंग अनूकूल मिलाउँछ। साथै यसले सर्भिस सेन्टरलाई नबोलाइकनै र म्यानुअल नहेरी समस्याहरु समाधान गर्न मद्धत गर्दछ।

एआइ इकोबब्बल
सामसङको इकोबब्बल प्रविधिले डिटरजेन्टलाई पानीमा घुलाउनलाई बबल उत्पन्न गर्दछ र त्यसपछि हावा इन्जेक्ट गराएर घना फिंज उत्पादन गर्दछ जुन ४० गुणा छिटो प्रवेश हुन्छ। बब्बल कुशनका साथ यस प्रविधिले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर प्रदान गर्दछ। कोमल र सौम्य बब्बलहरुले मुलायम कपडाहरु जस्तै आउटडोर पहिरनहरु र वाटर रिपेलेन्ट फेब्रिकहरुलाई जोगाउँछ। इको बब्बलले पानीमा डिटर्जेन्ट राम्ररी घोलेर कपडाहरुमा छिटो प्रवेश गराइदिन्छ। सुपर इको वाशले केवल ३० प्रतिशत ऊर्जा खपत गर्दै केवल १५ डिग्री सेल्सियसमा धोएर ४० डिग्री सेल्सियस धुलाईको प्रतिफल दिन्छ।

बब्बल सोक
बबल सोक प्रणालीले विभिन्न किसिमका दागहरु एक स्पर्शमै राम्ररी र सफासंग हटाइदिन्छ। यो सक्रिय बब्बल प्रणालीले विभिन्न खाले जिद्दी दागहरु जस्तै रगत, चिया, वाइन, मेक–अप र घाँसका दागहरु हटाउन मद्दत गर्छ।

एड वास
एड वासले धुलाई साइकल शुरु भए पश्चात् पनि प्रयोगकर्तालाई डिटरजेन्ट अथवा थप कपडाहरु राख्ने कार्यमा सघाउँछ। एक साइकलको दौरान बिर्सिएका सामग्रीहरु, अतिरिक्त सफटनर र मिच्ने मात्रका वस्तुहरु थप गर्न सकिन्छ।

हाइजिन स्टिम
हाइजिन स्टिमले ड्रमको तलबाट वाफ निष्कासन गरेर र धुलाईलाई पूर्णतया राम्ररी भिजाएर कपडाहरुको सफाई गर्छ। हाइजिन स्टिमले कडा मयल र ९९.९ प्रतिशत जीवाणु तथा एलर्जिहरु हटाइदिन्छ। हाइजिन स्टिम साइकलमा पहिले पानी, मयल र डिटरजेन्ट निष्कासन हुन्छ। दोस्रोमा, यसले वाफ बनाउन थोरै सफा पानी लिन्छ। त्यसपछि २० मिनेटको लागि बिल्ट इन हिटरले पानी उमाल्छ। वाफ चरणपछि यसले पानी निष्कासन गर्छ र मिच्ने प्रक्रिया शुरु गर्छ अनि अन्त्यमा साइकल पूरा गर्न अर्को धुलाई प्रक्रियालाई अघि बढाउँछ।

डिजिटल इन्भर्टर प्रविधि
डिआइटिले शान्त र अधिक शक्तिशाली कार्यको लागि बलिया चुम्बकहरु प्रयोग गर्दछ , तर ब्रश भएको युनिभर्सल मोटरको दाँजोमा कम ऊर्जा खपत गर्दछ। यसले ब्रशहरु प्रयोग गर्दैन र यसको निर्माण उच्च गुणस्तरीय मेकानिकल इन्जिनियरिङ्ग प्रयोग गरेर गरिन्छ। यसमा १० वर्षको वारेन्टी प्रदान गरिएको छ, जसले तपाईंको वासिङ मेसिनको आयु धेरैकालको भएको ग्यारेन्टी दिन्छ।

ड्रम क्लिन/ड्रम क्लिन+
ड्रम क्लिनले कुनै पनि केमिकलहरुको प्रयोग बिना तपाईंको वासरलाई जीवाणु रहित एवं फोहर रहित राख्न सहयोग गर्छ। यसले वासरको भित्रबाट ९९.९ प्रतिशत जीवाणु र रबड ग्यास्केटबाट फोहरहरु हटाइदिन्छ। ड्रम क्लिन+ साइकलको इन्टरटेकद्वारा गरिएको परीक्षणमा आधारित। वासिङ मेसिनले स्वतः प्रयोगकर्तालाई सफा गर्नु पर्ने बेला नोटिफाइ गराउँछ।

स्टे क्लिन ड्रयर
स्टे क्लिन ड्रयरमा धेरै डिटरजेन्ट वाटर फ्लसिङ्ग प्रणालीले धोएर लग्छ। त्यसैले सबै डिटरजेन्ट वा सफ्टनरहरु पूर्णतया प्रयोग हुन्छ र ट्रे सफा तथा अधिक स्वच्छ रहन्छ।

सुपर स्पीड साइकल
सुपर स्पीड साइकल विशेषताले फूल लोडको धुलाई केवल ५९ मिनेटमा गर्न सक्छ। इको बब्बल प्रविधिले शक्तिशाली सफाईको सुनिश्चितता दिन्छ भने स्पीड स्प्रे प्रयोग गरेर रिन्ज समय छोट्याउन सकिन्छ। यसले कपडाहरुलाई छिटो स्पिन–ड्राई गर्न स्पिनको गति पनि बढाउँछ।

क्वीक ड्राइभ
यो प्रविधिले धुलाई साइकलहरुलाई तीव्र रुपमा छिटो मात्र गर्दैन साथसाथै प्रक्रियालाई अझ सजिलो र बढी इनर्जि एफिशिएन्ट पनि बनाउँछ। नवीनतम फेब्रिक केयर ड्रममा पल्सेटर जडित छ, जसले हरेक पटक तपाईंको लुगा छिटो र प्रभावकारी ढँगले धुन्छ। अब तपाईंले कपडा धुन थोरै समय र लुगा लगाउन धेरै समय लगाउन सक्नु हुन्छ।

अटो डिस्पेन्सर
अटो डिस्पेन्सरले तपाईंलाई कम समयमा राम्ररी लुगा धुन सघाउँछ। यसले प्रत्येक लोडका लागि डिटरजेन्ट र सफ्टनरको आवश्यक परिमाण अटो डिस्पेन्स गरेर २६ प्रतिशत डिटरजेन्ट तथा ४६ प्रतिशत सफ्टनरको बचत गराउँछ। यसमा भएको सजिलै डिटरजेन्ट भर्न सकिने डिट्याचेबल ट्याँकमा १ महिनासम्म धुन पुग्ने डिटरजेन्ट राख्न सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .