कारोबार


अफरसहित सुबिसुले सुरु गर्‍यो ‘सुबिसु घर–घरमा’ अभियान

अफरसहित सुबिसुले सुरु गर्‍यो ‘सुबिसु घर–घरमा’ अभियान

नेपालखबर
असार १२, २०७९ आइतबार १४:८, काठमाडौँ

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गरेको छ। 

कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको जनाएको छ।

यसमार्फत कम्पनीका नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन्। कपन, बालाजु, न्युरोड, जोरपाटी, बूढानीलकण्ठ, लेलेलगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्नो प्याकेजहरूको बारेमा जानकारी दिँदै घरदैलो सम्पन्न गरिसकेको छ। 

घरदैलोका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको ुमिटिङ प्वाइन्टु मा सम्पर्क राख्न सक्नेछन्। ‘क्याम्पेन’ सञ्चालन हुने स्थानका घरदैलोमा पुगेर कम्पनीका कर्मचारीहरूले आफ्नो सेवाको बारेमा जानकारी दिइरहेका छन्। आईप्लेक्स मल नयाँ बानेश्वर बाट राखिने ‘मिटिङ प्वाइन्ट’ क्रमशः काठमाडौं उपत्यकाका अन्य मुख्य मुख्य स्थानहरूमा समेत राखिने कम्पनीले जनाएको छ। 

अभियानअन्तर्गत विभिन्न स्थानमा दुई दिनसम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’ राखिनेछन्। यस क्रममा ग्राहकले आफ्नो नजिकै रहेको ‘मिटिङ प्वाइन्ट’मा गएर बिक्री र प्राविधिक सहायताको विषयमा जानकारी लिनुका साथै नयाँ कनेक्सनको लागि सोधपुछ गर्न सक्नेछन्। 

‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने दश जना ग्राहकलाई लक्की ड्रबाटै ३५ प्रतिशत छुट उपलब्ध गराइनेछ। साथै त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्र समेत गरिने र त्यसबाट दुई जना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .