कारोबार


कुमारी बैंक र साउदी अरेबियाको बैंक अल बिलादबीच रेमिट्यान्स सेवा दिने सम्झौता

कुमारी बैंक र साउदी अरेबियाको बैंक अल बिलादबीच रेमिट्यान्स सेवा दिने सम्झौता

नेपालखबर
असार १२, २०७९ आइतबार १८:१६, काठमाडौँ

कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अल बिलादसँग सहकार्य गरेको छ । 

उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भ भएको हो। 

योसँगै ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाज एप, एन्जाज सेन्टर, अल बिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिन मार्फत बाट सुलभ दरमा नेपाल पैसा पठाउन र कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल लगायत कुमारी रेमिटका नेपालभरका १६ हजारभन्दा बढी भुक्तानी केन्द्र मार्फत रकम प्राप्त गर्न सक्नेछन्। 

बैंक अल बिलाद मार्फत ग्राहकहरुले नेपालको कुनै पनि बैंक खातामा पैसा तुरुन्तै जम्मा गर्न सक्नेछन् । 

सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अल बिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरे। सम्झौतापश्चात् नेपाल र साउदी अरेबियाका दुई बैंकबीचको साझेदारीले बैंकिङ्ग प्रणालीमार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास कुमारी बैंकले लिएको छ। 

नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए ।

दुई बैंकहरूबीचको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीेहरूमार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .