कारोबार


एनआईसी एसिया बैंकको एपबाट हवाइ टिकट बुकिङमा २० प्रतिशत ‘क्यास ब्याक’

एनआईसी एसिया बैंकको एपबाट हवाइ टिकट बुकिङमा २० प्रतिशत ‘क्यास ब्याक’

नेपालखबर
असार १२, २०७९ आइतबार २३:४३, काठमाडौँ

एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न एयरलाइनहरुको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ। 

बैंकले यही असार १२ देखि १८ गतेसम्म लागू हुने गरी यस्तो योजना ल्याएको हो। योजनामा बैंकका ग्राहकहरूले एनआईसी एसिया मोब्यान्क प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन्। 

डिजिटल बैंकिङ्गको अवधारणाअनुरुप एपमार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा पाँच सय अधिकतम एवं दोस्रो पटकबाट सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .