कारोबार


हैजाजस्ता रोग नियन्त्रणमा उपयोगी केन्ट आरओ वाटर प्युरिफायर

हैजाजस्ता रोग नियन्त्रणमा उपयोगी केन्ट आरओ वाटर प्युरिफायर

नेपालखबर
असार १३, २०७९ सोमबार ०:८, काठमाडौँ

आजकल सुरक्षित र शुद्ध पिउने पानी सहज रूपमा उपलब्ध छैन र यसको मुख्य कारण वातावरणको ह्रास र औद्योगिक विकास दिनानुदिन बढ्दै गएको छ। 

दूषित पानी पिउनाले मनसुनको मौसममा झाडापखाला, डेसेन्टरी र हैजाजस्ता घातक पानीजन्य रोगहरू लाग्न सक्छ भन्ने कुरामा प्रत्येक व्यक्ति सचेत हुनुपर्छ ।

यसैलाई मध्यनजर गर्दै आरओ वाटर प्युरिफायर बजारमा ल्याइएको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ। 

कम्पनीका अनुसार आर.ओ. + यु.भी.+ यु.एफ.+ टि.डि.एस. कन्ट्रोल सहितको बहु शुद्धीकरण प्रक्रिया भएको आर.ओ. वाटर प्युरिफायर तपाईको पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्नको लागि उपयुक्त हुन्छ । 

कम्पनी भन्छ, ‘बजारमा सबैभन्दा राम्रो वाटर प्युरिफायर हो भनी प्रमाणित गर्नको लागि वाटर प्युरिफायरको गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू हुनुपर्छ। केन्ट आर.ओ. वाटर प्युरिफायरहरू विश्वसनीयता, सुरक्षा र गुणस्तरका साथ–साथै अत्यधिक भरपर्र्दोे पनि छन्।’  
केन्ट आर.ओ. वाटर प्युरिफायरका केही सुविधाहरूमा आर.ओ. + यु.भी.+ यु.एफ.+ टि.डि.एस. कन्ट्रोल सहितको बहु शुद्धिकरण प्रक्रिया, आवश्यक खनिजहरूको अवधारणा, पानी सफा र शुद्ध राख्न भण्डारण ट्याङ्कीमा यु.भी. एल.इ.डी., उत्कृष्ट गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू रहेका छन्। 

‘उल्लिखित सबै सुविधाहरू र गुणहरूले गर्दा केन्ट आर.ओ. वाटर प्युरिफायरहरूलाई शुद्ध पिउने पानी र हैजा जस्ता पानीजन्य रोगहरूबाट बचाउनको लागि आदर्श उपकरण मानिन्छ’, कम्पनीको दाबी छ। 

हैजा महामारी हो र यो काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागहरूमा देखिएको छ । यो भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने तीव्र, पानीको पखाला हो । उपचार बिना, रोगले लक्षणहरू सुरु भएको केही घण्टाभित्र गम्भीर निर्जलीकरणबाट मृत्यु पनि हुन सक्छ।

पिउने पानीलाई मलको प्रदुषणबाट जोगाउन नसकिने ठाउँहरू जस्तै घना जनसंख्या भएको सहरी क्षेत्र र बस्तीहरूमा छिट्टै हैजा फैलिन सक्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने १३ लाख मानिस देशकै सबैभन्दा बढी प्रभावित र जोखिममा छन् ।

रोग फैलिनेबाट नियन्त्रण गर्न हैजाका केसहरूको द्रुत पहिचान र प्रतिक्रिया आवश्यक छ । काठमाडौं उपत्यका नेपालको सबैभन्दा छिटो बढिरहेको सहरी केन्द्र हो। काठमाडौंका धेरै मानिसहरूको सुरक्षित पिउने पानी र सरसफाइ सुविधाहरूमा सीमित पहुँच छ । ठोस र तरल फोहोर व्यवस्थापन गर्न वा वातावरणीय सरसफाईमा सुधार गर्न नसक्दा पानी सम्बन्धी रोगहरूप्रति तिनीहरूको जोखिम अझ कमजोर हुन्छ । काठमाडौं उपत्यकामा लगभग हरेक वर्ष मेदेखि सेप्टेम्बरसम्म मनसुन महिनामा छिटपुट प्रकोपका साथ हैजाका केसहरू रेकर्ड हुन्छन् ।

हैजाको जोखिम कारकहरूमा अशुद्ध पिउने पानी, कम सरसफाइ र असुरक्षित खाना समावेश छ । हैजा–संक्रमित पानीले संक्रमण गरी पिउने सबैलाई बिरामी पार्न सक्छ । यो रोगबाट बच्नको लागि, तपाईंको पिउने पानीलाई शुद्ध गर्न आवश्यक छ, किनकि हैजा दूषित पानीबाट नै फैलिने गर्छ । हैजाको रोकथामको लागि सफा पिउने पानीको साथ–साथै  बारम्बार हातको सरसफाइ, समग्र सरसफाइ, र दूषित मलको सम्पकबाट टाढा रहन महत्वपूर्ण हुन्छ । 

धाराको पानी वा बोरवेलको पानी पनि सुरक्षित हुँदैन किनकि यसमा घुलनशील अशुद्धताका साथमा भाइरस र ब्याक्टेरिया हुन सक्छ । हैजा जस्तो रोगहरूबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय पानीबाट घुलनशील अशुद्धता मात्र हटाउने नभई भाइरस र ब्याक्टेरिया जस्ता रोगजन्य किटाणुहरुलाई पनि नस्ट गर्ने वाटर प्यूरिफायर उपयोग गर्नु हो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .