कारोबार


कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ?

कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ?

नेपालखबर
असार २७, २०७९ सोमबार १७:४८, काठमाडौँ

नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए पनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौँ। हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको पाइन्छ। 

नेपाली निर्माण उद्योगहरू मुख्यतया पूर्वाधार निर्माण, जल–विद्युत, सिँचाइ, भवन र अन्य घरजग्गा निर्माणमा संलग्न छन्। निर्माण उद्योगले नेपालमा अशिक्षित, बेरोजगार देखि दक्ष, अदक्ष र मौसमी श्रमिकहरूको ठूलो जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी दोश्रो ठूलो रोजगारदाताको रूपमा रहेको छ जसले हाम्रो राष्ट्रिय अर्थतन्त्र र जीविकोपार्जनमा ठूलो भूमिका खेल्छ। 

परियोजना सानो ठूलो जस्तो भए पनि निर्माण कार्यमा चाहिने निर्माण सामाग्रीहरू जस्तै ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, काठ तथा रडहरु हुन्। निर्माण सामाग्रीमा पनि हरेक निर्माण सामग्री गुणस्तरीय छान्नु अत्यन्तै महत्वपूर्ण रहेको छ। कुनै पनि एक निर्माण सामग्री कच्चा वा गुणस्तरहीन भएमा, त्यसले समग्र निर्माण परियोजनामा नै दीर्घकालीन असर गर्दछ। हामीले रड, सिमेन्टको बारेमा त राम्रै बुझेका छौँ, गुणस्तरीय नै खोज्छौँ तर हामीले निर्माण गर्दा पाइप र फिटिङलाइ पनि उतिकै महत्व दिएर गुणस्तरीय छान्नुपर्ने हुन्छ। 

निर्माणको क्रममा राम्रा गुणस्तरको पाईप छनोट गर्न नसक्दा  पाईपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने इत्यादी जस्ता समस्याहरू आउने गर्दछन्। पाइप पर्खालको भित्रपट्टि प्रयोग हुनाले कुनै पनि समस्या आइपर्दा पर्खाल नै सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ। जसले संरचनाको स्वरुप नै बदल्छ। यो सबै हुन नदिन सुरुमा नै गुणस्तरीय तथा प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ। 

एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमको पाइपहरु लाग्छन्; भान्छा र बाथरुमको लागि सिपिभिसि, ड्रेनेजको लागि ड्रेनेज पाइप (जस्तै मंगलम प्रोड्रेन) र वायरिङ्गको लागि इलेक्ट्रिकल कन्डुएट पाइप (जस्तै मंगलम वायर–सेफ)। खानेपानी र ड्रेनेजको लागि छुट्टाछुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ। वायरिङ्गको लागि नै बनेको इलेक्ट्रिकल कन्डुएट वायर–सेफ पाइप प्रयोग नगर्दा विभिन्न किसिमको विद्युतीय दुर्घटनाहरु हुने जोखिम बढी हुन्छ। ग्राहकको विश्वसनीयता र प्लम्बिंग प्रणालीहरूको आवश्यकताहरू ध्यानमा राख्दै मंगलम समूहले नेपाली बजारमा प्लम्बिंग सामग्रीहरू उत्पादन र वितरण गर्दै आएको छ। 

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ। ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित रहेको कम्पनीले जनाएको छ भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीईपी पाइप आईएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .