कारोबार


महिला कर्मचारीले मात्रै सञ्चालन गरेको एनसेल सेन्टर महाराजगञ्जमा

महिला कर्मचारीले मात्रै सञ्चालन गरेको एनसेल सेन्टर महाराजगञ्जमा

नेपालखबर
असार ३०, २०७९ बिहिबार १६:४२, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। 

महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले जनानएको छ। 

‘एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तीकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण हो’, कम्पनीले भनेको छ, ‘यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआई) मिसनअनुरुप रहेको छ जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्दछ।’ 

एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए। 

उनले थपे, ‘यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ।’ 

त्यसैगरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरैजसो पुरुषहरुको सहभागिता रहने गरेको बताउँदै विगत ३–४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएको उल्लेख गरिन्। 

उनले भनिन्, ‘दूरसञ्चार क्षेत्रमा सेवा दिने परिप्रेक्ष्यमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ। लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ।’

महिला कर्मचारीहरुद्वारा सञ्चालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने कम्पनीले जनाएको छ। 

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।  

यो एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहककालागि एक हप्ताको विषेश अफर पनि रहेको छ जस अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । 

यस सेन्टरबाट गरिने प्रत्येक ५० को रिचार्ज बराबर ग्राहकले २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्। 

यसको अर्थ १०० रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्। त्यस्तै २०० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको चारवटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त पाउँछन् भने ५०० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले २० को १० वटा रिचार्ज कार्ड बोनसस्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टरले आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजेसम्म ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ। 

यसले ग्राहकको सेवा अनुभव थप बढाउन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्न एनसेलले देशभरि ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .