कारोबार


सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा

सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा

नेपालखबर
साउन २९, २०७९ आइतबार १२:४२, काठमाडौँ

भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ।

आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्वसाधारण पनि लाभान्वित हुनेछन्।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहर मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको  मजा लिन पाउने कम्पनीले जनाएको छ।

यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुसियाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको कम्पनीको भनाइ छ। साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउनेछन्। 

यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ। भायानेट सुर्खेतको सर्भिस सेन्टर वीरेन्द्रचोकमा खोलिएको छ अनि घोराही सर्भिस सेन्टर भने बी.पी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ। भायानेट तुलसीपुर को सर्भिस सेन्टर मनपुर रोड एनआईसी एसिया बैंक नजिकै खोलिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आईएसओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .