कारोबार


वाइवाइसँगको संयोजनमा ‘ग्लोकल २० अन्डर २०’को सूची सार्वजनिक

वाइवाइसँगको संयोजनमा ‘ग्लोकल २० अन्डर २०’को सूची सार्वजनिक

नेपालखबर
साउन २९, २०७९ आइतबार १३:४३, काठमाडौँ

आज वाइवाइ ग्लोकल टिन हिरो नेपाल सातौँ संस्करणमा आवेदन दिने प्रतिभावान् किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ। 

समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ।

उनीहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको र उक्त सूची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो। देशभरिबाट आएको ६ सय ४८ आवेदनबाट यी किशोरकिशोरीहरु छानिएका हुन्। 

२० अन्डर २० किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्। 

ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले हरेक नयाँ वर्षसँगै नयाँ प्रतिभावान किशोरकिशोरीहरु ग्लोकलसँग जोडिने गरेको बताए। 

उनले भने, ‘नेपालभरबाट विभिन्न क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका यी प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट तथा पहिचन गराउन पाउँदा हामी उत्साहित छौँ।’

यस वर्षका उत्कृष्ट किशोरकिशोरीको सूची –

  • आमोद पौडेल, रुपन्देही, प्राविधिक कार्यकर्ता
  • आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
  • विधाता पाठक, नुवाकोट, सामाजिक कार्यकर्ता 
  • विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
  • बिनिता ढकाल, गोरखा, सामाजिक उद्यमी
  • विष्णुकुमार शाह, धनुषा, शिक्षा अभियन्ता
  • दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
  • गंगा साह, महोत्तरी, महिला शिक्षा कार्यकर्ता
  • कुणाल साह, मोरङ, प्राविधिक–अन्तरप्रेनर
  • लकी साह, महोत्तरी, प्राविधिक उत्साही
  • निश्चल सिंह विष्ट, धनकुटा, इकोप्रिन्योर
  • पृथका श्रेष्ठ, चितवन, सामाजिक अभियन्ता
  • राहुल मण्डल, धनुषा, प्राविधिक शिक्षाविद्
  • राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
  • रञ्जन शंकर, तेह्रथुम, क्त्भ्ः शिक्षा अधिवक्ता
  • सम्पन्न ज्योति तुलाधर, काठमाडौं, शिक्षा अभियन्ता
  • समृद्धि देव, मकवानपुर, कलाकार
  • संस्कृति दुवाडी, काठमाडौं, लैङ्गिक कार्यकर्ता
  • सर्वज्ञ भट्टराई, काठमाडौं, स्वास्थ्य कार्यकर्ता
  • सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट १९ तारिखमा हुनेछ। चयन भएका युवाहरुको सम्मान वाइवाइ ग्लोकल टिन हिरोको सेप्टेम्बर १, २०२२  मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत हुने भएका छन्।

देशभरिका प्रतिभावान किशोरकिशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न संघसंस्थाहरु साझेदारका रुपमा जोडिएका छन्।

ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मनीको दूतावास काठमाडौंस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पंचकन्या ग्रुप, द् ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूल, रियल, यमआइ  र डिश होमस इन्टरनेट साझेदारको रूपमा लुप नेटवर्कसस मिडिया पार्ट्नर, द हिमालयन टाईम्सस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, विस्तारा र यति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर चोइस रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .