कारोबार


एभरेष्ट बैंकद्वारा रुकुमको यमुनानन्द नमूना माविलाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा रुकुमको यमुनानन्द नमूना माविलाई आर्थिक सहयोग

नेपालखबर
भदौ ५, २०७९ आइतबार १७:१०, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुमको एक विद्यालयलाई झण्डै ५ लाख आर्थिक सहयोग गरेको छ। 

बैंकले एक कार्यक्रमका बीच मुसिकोट सेरिगाउँ रुकुमको यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि ४ लाख ७९ हजार ९१० रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।

सो कार्यक्रममा एभरेष्ट सीएसआर कमिटीका तर्फबाट सदस्य डा. गणेश राज गुरुङ्गले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए। 

यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख श्री पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो।

स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु छन्। देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। 

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .