कारोबार


सीजी ब्राण्डले ल्यायो दसैँतिहार उपहार योजना

सीजी ब्राण्डले ल्यायो दसैँतिहार उपहार योजना

नेपालखबर
भदौ ९, २०७९ बिहिबार १७:०, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालिको दशैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ। 

सीजीसँग यो पर्व, गरौं गर्व नामक योजना ल्याएको हो। 

कम्पनीले ४६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ।

कम्पनीका अनुसार ग्राहकवर्गहरुले सी.जी. ब्राण्ड साथैसी.जी. ब्राण्ड अन्तर्गतको सीजी मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरु घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन्। 

आकर्षक क्यासब्याक तथा उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सकिने कम्पनीले जनाएको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरुले सीजी ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सक्नेछन्। 

साथै, सीजीका ४३ इन्चसम्मका टेलिभिजनहरुको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्चभन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सक्नेछन्। त्यसैगरी, सीजी डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यो आकर्षक योजना कम्पनीले आजदेखि देशभरमा सीमित अवधिका लागि लागू गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .