कारोबार


डिशहोम फाइबरनेटको फेस्टिभ फाइबरनेट अफर, कुन प्याकेजको कति?

डिशहोम फाइबरनेटको फेस्टिभ फाइबरनेट अफर, कुन प्याकेजको कति?

नेपालखबर
असोज ७, २०७९ शुक्रबार ११:४९, काठमाडौँ

डिशहोम फाईवरनेटले नयाँ ब्यान्डविथको साथ आकर्षक मूल्यमा तीव्रगतिका इन्टरनेट प्याकेजहरुयुक्त फेस्टिभ फाइबरनेट अफर ल्याएको छ। 

फाइबरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न अफर ल्याइएको कम्पनीले जनाएको छ। 

‘फेस्टिभ फाइबरनेट अफरले मात्र ८ सय ७० रुपैयाँ प्रतिमहिना पर्ने २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ। त्यस्तै प्रतिमहिना ५ सय ९५ रुपैयाँमा ७५ एमबीपीएस, ६ सय ८७ रुपैयाँमा १०० एमबीपीएस, ८ सय २४ रुपैयाँमा १५० एमबीपीएस र ९ सय १६ रुपैयाँमा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ।   

यो अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सकिनेछ।

साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २ सय ५० रुपैयाँ प्रतिमहिनामा डिशहोम आईटिभीको सेवा पनि लिन पाउने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .