ad ad

कारोबार


मिडिया पर्सन ठकुरी शुभगृहको ब्रान्ड दूत

मिडिया पर्सन ठकुरी शुभगृहको ब्रान्ड दूत

नेपालखबर
फागुन १५, २०७९ सोमबार १३:३५, काठमाडौँ

शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले मिडिया व्यक्तित्व सुरज सिंह ठकुरीलाई ब्रान्ड दूत नियुक्त गरेको छ । 

१३ गते एभरेष्ट होटलमा आयोजित एक कार्यक्रमका बीच उनलाई ब्रान्ड दूत नियुक्त गरिएको हो।
    

‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै सुरज सिंह ठकुरीले शिक्षा वा सामान्य जीवनमा सफल हुन आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मान्यता रहेको बताए। 

उनले भने, 'यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासँग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन। अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु ।" 

शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका प्रबन्धनिर्देशक शुभेन्द्र थापाले हाम्रो ब्रान्ड एम्बेसडरको रुपमा उनलाई स्वागत गर्न पाउँदा गर्वान्वित भएको बताए। 

शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो। यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ र सही मार्गदर्शन प्रदान गरे वापत धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट उत्कृष्ट परामर्शदाता पुरस्कार प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .