समाज


४२ दिनमै मन्त्रालयबाट बाहिरिए स्वास्थ्यमन्त्री पदम गिरी

४२ दिनमै मन्त्रालयबाट बाहिरिए स्वास्थ्यमन्त्री पदम गिरी

नेपालखबर
फागुन १५, २०७९ सोमबार १४:०, काठमाडौँ

स्वास्थ्यमन्त्री पदम गिरी ४२ दिनमै मन्त्रालयबाट बाहिरिएका छन्। 

पर्वतबाट प्रतिनिधि सभा चुनाव जितेर पहिलो पटक मन्त्री बनेका उनी डेढ महिनामै सरकारबाट बाहिर बाध्य भए। 

३ माघमा स्वास्थ्यमन्त्रीमा नियुक्ति भएका उनी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन सोमबार फिर्ता लिएर सरकार छोड्ने निर्णय गरेपछि उनी पनि मन्त्रीबाट बाहिरिएका हुन्।  

मन्त्री गिरीले आजै स्वास्थ्य सेवा दिवसका अवसरमा बोल्दै सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीलाई निजी अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्न नदिइने बताएका थिए। 

जनताको स्वास्थ्यभन्दा बाहिर कुनै कुरा नसोच्ने बताउँदै मन्त्री गिरीले नयाँ जिम्मेवारी दिँदा कार्यसम्पादन करार गराउने र नयाँ ओएनएम गरेर स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने आफ्नो योजना सुनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .