ad ad

कारोबार


सीजी ब्राण्डको गर्मी मौसमका नयाँ प्रोडक्टहरु बजारमा

सीजी ब्राण्डको गर्मी मौसमका नयाँ प्रोडक्टहरु बजारमा

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:३८, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी. तथा सी.जी. अन्तर्गतको सी.जी. मेरिडियाले गर्मी समय लक्षित नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ। 

ग्राहकहरुलाई गर्मीको मौसमबाट जोगिन यसले सजिलो हुने कम्पनीको विश्वास छ। 

कम्पनीले भनेको छ, ‘आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै  सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्कले यस गर्मीको किनमेल गर्न सक्नुहुनेछ।’

सी.जी.ले विभिन्न उत्पादनहरु जस्तै स्ट्याण्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, एक्जस्ट फ्यान, भेन्टिलेसन फ्यान तथा सिलिङ्ग फ्यान, कुलर र कुलरमा पनि डेसर्ट, टावर, रुम, पर्सनल तथा विन्डो कुलर, ए.सी. तथा रेफ्रिजरेटर र चेस्ट फ्रिजरका साथै अन्य थुप्रै सामाग्रीहरुमा नयाँ लाइनअपहरु थपेको छ। 

उत्कृष्ट प्रोडक्टहरुमा ग्राहकहरुको पहुँच अझै बढाएको छ भने उनीहरुको खरिद प्रक्रियामा थप विकल्प पनि प्रदान गरेको छ जसका साथ ग्राहकवर्गहरुले यस मौसमलाई सहज बनाउन सक्ने जनाएको छ।  

गर्मी र तातो हावाबाट जोगिन सी.जी. का विभिन्न प्रकारका स्ट्याण्ड फ्यान, सिलिङ्ग फ्यान, वाल फ्यान तथा टेबल फ्यानको प्रयोग गर्न सकिन्छ भने वातानुकुलित बसाईका लागि विभिन्न रेन्जका सी.जी. एयर कन्डिशनरको आनन्द लिन सकिन्छ। 

यसैगरी विभिन्न रेन्जका सी.जी. कुलरहरु जस्तै पर्सनल कुलर, डेजर्ट कुलर, विन्डो कुलर तथा टावर कुलरका साथ गर्मीको मौसममा पनि चिन्तारहित बस्न सकिन्छ ।

गर्मीमा पनि खानेकुरा ताजा राख्न देखि चिसो पानी वा अन्य पेयको आनन्द लिन सी.जी. का विभिन्न रेन्जका रेफ्रिजरेटरहरु उपलब्ध छन् भने व्यवसायहरुका लागि विषेग गुणस्तरीय चेस्ट फ्रिजर तथा शोकेसहरु पनि उपलब्ध रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .