नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संक्रमणकालीन न्याय निरुपण प्रक्रियालाई चाँडो टुंग्याउने बताएका छन्।
संघीय संसद भवनमा जारी राष्ट्रपति निर्वाचनमा मतदानका लागि पुगेका थापाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।
'अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा पर्यो। यसले संक्रमणकालीन मुद्दामा हामीलाई पनि दबाब परेको छ। अब यसलाई हामी चाँडो टुंग्याउँछौँ', उनले भने, 'अब यो चाँडो टुंगिन्छ। यो दल ऊ दल नभनी अब हामी मिलाउँछौँ।'
थापाले फरक प्रसंगमा आफू मन्त्री बन्ने कुरा अहिलेसम्म कहीँ नभएको बताए। 'म मन्त्री बन्ने कुरा अहिलेसम्म कहीँ भएको छैन। कसैसँग छलफल भएको छैन', उनले भने, 'कोहीसँग केही कुरा भएको छैन। राष्ट्रपति निर्वाचन सकिएपछि मात्रै हामी मन्त्रीबारे चर्चा थाल्छौँ।'
Shares
प्रतिक्रिया